After SEE Portal

बजेट तर्जुमा गर्नका लागि ७७ ओटै एकाइलाई विवरण पठाउन निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमेत शाखा) ले आर्थिक वर्ष २०७९–८० को बजेट तर्जुमा गर्नका लागि ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई विवरण पठाउन निर्देशन दिएको छ।

केन्द्रले आगामी चैत्र ३ गते भित्र विभिन्न कार्यक्रमको प्रमाणित हार्ड कपी र सफ्ट कपी पठाउने निर्देशन दिएको हो ।

कार्यालयको स्वीकृत दरवन्दीमा रहेका योगदानमा आधारित निवृत्तिभरण कोषकट्टी हुनुपर्ने कर्मचारीको तह श्रेणी र पद खुल्ने सङ्ख्यात्मक विवरण, कार्यालयको स्वीकृत दरवन्दीमा रहेका हलुका सवारी चालक र कार्यालय सहयोगी (स्थायी र सेवा करारका) कर्मचारीको

सङ्ख्यात्मक विवरण, द्वन्दपीडित छात्रवृत्ति र शहीदका छोराछोरीका लागि छात्रवृत्ति अन्तर्गत वितरण गर्नुपर्ने छात्रछात्राको सङ्ख्यात्मक विवरणपठाउने केन्द्रको निर्णय अनुसार सबै एकाइलाई निर्देशन दिएको हो ।

कार्यालय घेरावार र कार्यालय भवन मर्मत गर्नुपर्ने भए सोको अनुमानित लागतसहितको कार्यक्रम विवरण, गाडी मोटरसाइकलको वीमा र नवीकरण शुल्क, शिक्षा विकास तथा समन्वय एकाईको कार्यालयको आफ्नै निजी भवन नभइ भाडामा सञ्चालनमा रहेको भए घरभाडा रकम (सम्झौतापत्र समेत), चालु आवमा शिक्षा विकास तथा समन्वय एकाईको कार्यालयको निर्माणाधीन भवनको निर्माण सम्पन्न हुन बाँकी रही यस आवमा सम्पन्न हुन नसक्ने भए भवन निर्माणसम्बन्धी विवरणसहित बजेट माग गर्नु पर्ने केन्द्रका शाखा अधिकृत प्रकाशकुमार खरेलले जानकारी दिए ।

A Levels MA