प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण पठाउन निर्देशन

प्राकृतिक प्रकोप ( बाढी, पहिरो, डुवान, हावाहुरी र चट्याङ) आदिका कारण विद्यालयमा भएको क्षतिको सबै खालको विवरण असार २५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउन केन्द्रले सरोकारवालालाई निर्देशन दिएको छ ।

यस बर्षको प्राकृतिक प्रकोपको क्षतिको विवरण हरेक शिक्षा विकास तथा समन्वय इकाइले स्थानीय तहसँगको सम्पर्क र समन्वयमा अविलम्व पठाउन सूचित गरेको हो ।

क्षतिको विवरण तयार गरी सोको इलोक्ट्रोनिक कपी २५ गते भित्र केन्द्रको इमेल ठेगानामा र हार्ड कपी असार मसान्त भित्र यस केन्द्रको योजना तथा अनुगमन शाखामा आइपुग्ने गरी पठाउनु पर्ने केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार थप क्षति हुन नदिन सावधानी र उच्च सतर्कता अपनाउने आवश्यक व्यवस्था मिलाउनु सम्बन्धित निकायलाई केन्द्रको असार १८ गतेको निर्णय अनुसार निर्देशन दिइसकेको छ ।

Thuprai - Books and E-books