A Levels MA

भदौ १५ गते भित्र छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशतमा नघट्ने भदौ १५ गते भित्र छात्रवृत्ति प्रदान गरेको विवरण सार्वजनिक गर्न सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

प्याब्सन, एन प्याब्सन, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ नेपाललाई सम्बोधन गर्दै पालिकाले निर्धारित समयमा नै  छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

शिक्षा विभागले आज एक सूचना जारी गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस  गर्न निर्देशन दिएको छ ।

विद्यार्थी तथा अभिभावकबाट छात्रवृत्ति वितरण गरेको विवरण सार्वजनिक नगरेको भन्दै गुनासो आएपछि शिक्षा विभागले भदौ १५ गतेभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

३२ वटै वडा कार्यालय वै वडा अन्तर्गतका विद्यालयमा नियमानुसार छात्रवृत्ति छनोट गरी सो को विवरण विभागमा पठाउन निर्देशन दिएको छ ।

Thuprai - Books and E-books