शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएको स्थायी शिक्षक पद एक वर्ष भित्र खाली भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशन दिएको छ ।
केन्द्रले शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम २५ को उपनियम (१) बमोजिमका कारणबाट रिक्त भएमा शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम २५ को उपनियम ३ अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न निर्देशन दिएको हो ।
केन्द्रले आयोगबाट आएको सुझाब अनुसार ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई यस्तो निर्देशन दिएको छ ।