After SEE Portal

विद्यालयमा पर्न सक्ने जोखिममा उच्च सतर्कता अपनाउने निर्देशन

Bridge Course

शिक्षा तथा मानव विकास केन्द्रले सातै ओटा सामाजिक विकास ( शिक्षा मन्त्रालय), ७५३ ओटै स्थानीय तह,र ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई पूर्व सावधानी र उच्च सतर्कता अपनाउने निर्देशन दिएको छ ।

मनसुन प्रवेश गरिसकेको अवस्था मध्यनजर गर्दै बर्षाका कारण बाढी, पहिरो र डुवान जस्ता जोखिम रहन सक्ने हुँदा सर्तक रहन आग्रह गरेको हो ।

खोला-नाला, ताल-तलौया, नदी, पोखरी आदि नजिक रहेका वा गहिरो प्रकृतिको जमिन-खोंचमा अवस्थित विद्यालयमा पानीको सतह बढेर अफिस तथा कक्षाकोठा भित्रका कार्पेट, पुस्तक, पत्र-पत्रिका, स्टेशनरी लगयका शैक्षिक सामग्रीहरूमा क्षति हुनुका साथै कक्षाकोठा, भवन, खेलमैदान, घेरावार, शौचालय, खानेपानी लगायतका भौतिक संरचनामा क्षति पुग्न सक्ने संभावना रहेकाले यस प्रकृतिको जोखिम कायम रहेका प्रदेश-स्थानीय तह जिल्ला मातहतका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पूर्व सावधानी र उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

साथै कुनै कारणबश क्षति हुन पुगेमा सोको विवरण अविलम्व केन्द्रमा पठाउने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

A Levels MA