After SEE Portal

विपन्न लक्षित छात्रवृत्तिका लागि विवरण अद्यावधिक गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम  छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका लागि वैकखाता खोली केन्द्रको एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गर्न सम्बन्धित पालिकालाई निर्देशन र समन्वय गरिदिन आग्रह गरेको छ ।

सामुदायिक विद्यालयको कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण असार २७ गते सार्वजनिक गरिसकिएको हुँदा  शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा फारम भरेका र शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा

अध्ययनरत रही सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेका विद्यार्थीहरुले पनि केन्द्रको एकीकृत सूचना व्यवस्थापन प्रणालीमा बैंक खाता विवरण अद्यावधिक गरेको हुनुपर्ने हुँदा विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

कक्षा ९ र १० मा प्रथम क्वाइन्टाइलमा पर्ने विद्यार्थीहरु विपन्न लक्षित छात्रवृत्ति प्राप्त गर्न योग्य हुने हुँदा छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीले नजिकैको बैंकमा खाता खोल्नु पर्नेछ । स्थानीय तहले सम्बन्धित विद्यार्थीको खातामा रकम निकासा गर्नुपर्ने हुँदा विवरण उद्यावधिक गर्न निर्देश दिएको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा अध्ययनरत छात्रवृत्ति पाउन योग्य विद्यार्थीले आवश्यक कागजातहरु बर्षको परिचयपत्र, कक्षा ८ को लब्धांक पत्र र बैंक खाता नम्बरसहित सम्बन्धित विद्यालयमा सम्पर्क गर्नुपर्ने छ । विद्यालयले आवश्यक विवरण सहित सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

यदि उक्त विद्यार्थी फारम भरेको विद्यालय भन्दा अन्यत्र सामुदायिक विद्यालयमा स्थानान्तरण भएको खण्डमा फारम भरेको विद्यालयमा नै सम्पर्क गर्नुपर्नेछ। कक्षा ८ मा पिएमटी फारम भरेका विद्यार्थीहरुले कक्षा ९ मा निजी विद्यालयमा अध्ययन गरेको भएमा विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य भनी नामावली प्रकाशित भए पनि निजले उक्त छात्रवृत्ति नपाउने सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books