विश्वविद्यालयलाई कोभिड १९ केन्द्रीत ६ महिने कार्यतालिका तत्काल सार्वजनिक गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई एक हप्ताभित्र एक हप्ता भित्र न्यूनतम ६ महिने कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

विश्वविद्यालय अनुदान आयोगले सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुसँग गरेको भर्चुअल छलफल आज सहभागी हुँदै विश्वविद्यालयका उपकूलपतिहरुलाई कोभिड–१९ केन्द्रित शैक्षिक क्यालेण्डर र कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

कोभिडको महामारीका कारण उत्पन्न संकटलाई समधान गर्न कुनै बहाना नबनाई तत्काल कार्य क्षेत्रमा लाग्न पनि मन्त्री पोखरेलले निर्देश गरेका छन् । मनत्री पोखरेलले कोभिड १९ को सामना गरेको ५–६ महिना बितिसकेको हुनाले हरेक विश्वविद्यालयहरुसँग आफ्ना विद्यार्थीको तथ्यांक तथा आफ्ना विद्यार्थीलाई अध्यापन गरिरहेका छौं भन्ने महसुस गराउन विश्वविद्यालयले प्रयत्न गरेको विश्वास व्यक्त गरे ।

छलफलमा सहभागी उपकुलपतिहरुले विद्यार्थीको ट्रयाकिङ्ग गर्न बाँकि रहेको, परीक्षा सम्पन्न भएकाहरुको नतिजा प्रकाशन गर्ने कार्य भइरहेको तर पास आउट हुने विद्यार्थीको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न समस्या रहेको गुनासो व्यक्त गरेका थिए ।

राष्ट्रिय योग्यता प्रारुपका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति आइसकेकोले यसको आधारमा विश्वविद्यालयले आफ्ना कामहरु अगाडि बढाउन पनि उनले निर्देशन दिएका छन् ।

कोभिड केन्द्रित भएर शिक्षा नीति परिमार्जन गर्ने तयारीमा मन्त्रालय जुटेको हुनाले समयमै रचनात्मक सुझाव दिन उनले अनुरोध समेत गरेका थिए ।

Thuprai - Books and E-books