After SEE Portal

शिक्षकका लागि अब प्रारम्भिक परीक्षा

Bridge Course

स्थायी शिक्षक पदका लागि शिक्षक सेवा आयोगले खुला गर्ने विज्ञापनको प्रतीक्षामा हुनुहुन्छ ? उसो भए प्रारम्भिक परीक्षाको तयारीमा जुट्नु होस् । प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने भएका छन् । 

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले अब हुने विज्ञापनबाट प्रारम्भिक परीक्षामा उत्तीर्ण गरेकाहरुलाई मात्र विषयगत परीक्षामा सहभागी गराउन मिल्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

आयोगले वस्तुगततर्फ एक सय र विषयगततर्फ एक सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्नेछ । वस्तुगततर्फ सामान्य ज्ञान लगायतका प्रश्न सोधिनेछ । त्यो प्रारम्भिक परीक्षा हुनेछ । “प्रारम्भिक परीक्षामा कम्तीमा ५० अङ्क प्राप्त गरेकै हुनुपर्दछ” उनले भने । परीक्षार्थीले प्रारम्भिक परीक्षामा प्राप्त गरेको अङ्कलाई विषयत परीक्षामा जोडिनेछ । 

उनले आफूहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रलाई प्रतीक्षा गरेर बसिरहेको बताउँदै थपे, “के कति सङ्ख्यामा शिक्षक आवश्यक पर्ने हो, केन्द्रले तथ्याङ्क उपलब्ध गराउनासाथै विज्ञापन आह्वान गर्न हामी तम्तयार छौँ ।”

मेसिनबाट परीक्षण

आयोगले स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगततर्फको उत्तरपुस्तिका अप्टिकल मेसिन रिडेबल (ओएमआर) मेसिन प्रयोग गरी परीक्षण गरेको छ । यसबाट कम जनशक्ति प्रयोग गरी उत्तरपुस्तिका परीक्षण सम्भव भएको भनाइ आयोगको छ ।

“लाइसेन्स परीक्षामा ओएमआर मेसिन प्रयोग ग¥यौँ” उनले भने, “शिक्षक पदका लागि लिइने प्रारम्भिक परीक्षामा पनि मेसिनबाटै उत्तरपुस्तिका परीक्षण गर्नेछौँ ।” यसपटक सञ्चालन गरिएको अध्यापन अनुमतिपत्रका लागि दुई लाख २० हजारले परीक्षा दिएका छन् । हालसम्म पाँच लाखभन्दा बढीले यस्तो प्रमाणपत्र लिइसकेका छन् ।यसैबीच आयोगले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । २०५५ सालमा राष्ट्रिय शिक्षक सेवा आयोग स्थापना भएकोमा २०५८ सालमा शिक्षक सेवा आयोगका रुपमा नयाँ संरचना स्थापना भएको थियो । आयोगसम्बन्धी ऐन २०५८ साल माघ २५ गते जारी भएकाले सोही मितिमा आफ्नो स्थापना दिवस मनाउने गरिएको छ । 

आयोगले २०५२ सालको शिक्षक पदका लागि लिइएको परीक्षा बाहेक अन्य गरी हालसम्म ५७ हजारलाई स्थायी शिक्षकका रुपमा छनोट गरी सिफारिस गरिसकेको छ ।

A Levels MA
Thuprai - Books and E-books