After SEE Portal

विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना

Bridge Course

पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर

विद्यालय तहमा नयाँपाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना

सूचना नं १ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को कार्यान्वयन विद्यालय शिक्षाको नीतिगत मार्गदर्शनका लागि विकास गरिएको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ नेपाल सरकारबाट २०७६ भदौ २० गते स्वीकृत भई कार्यान्वयनमा आएको छ । पाठ्यक्रम विकासका सैद्धान्तिक आधार पाठ्यक्रम संरचना र पाठ्यक्रम कार्यान्वयन प्रक्रिया र पाठ्यक्रम कार्यान्वयनमा विभिन्न निकायको भूमिका समेटिएको यो प्रारूप पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध छ ।

सूचना नं. २ : स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६ (मातृभाषासहित) कार्यान्वयन राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले अधारभूत तहको कक्षा १ देखि ८ सम्म एक विषय स्थानीय पाठ्यक्रमको पाठनपाठन गराउनुपर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाको कार्यान्वयनका लागि स्थानीय तहले स्थानीय जनसमुदाको आवश्यकताअनुसार पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा १ बाट कार्यान्वयनमा ल्याउनुपर्ने छ । ययसका लागि पाठ्यक्रम विकास केन्द्रले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ (मातृभाषासहित) विकास गरी स्थानीय तहको सहजीकरणका लागि सार्वजनिक गरेको छ । यसले स्थानीय पाठ्यक्रम विकासका सम्पूर्ण प्रक्रियामा सहजीकरण गर्ने छ । यो मार्गदर्शन केन्द्रको वेबसाइटबाट उपलब्ध हुनेछ ।

सूचना नं. ३ : आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम कार्यान्वयन पाठ्यक्रम विकास केन्द्रले १८ जिल्लाका १०३ विद्यालयमा परीक्षण गरी सुझाव समावेश गरेर तयार पारेको आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रम २०७६ शैक्षिक वर्ष २०७७ बाट कक्षा १ मा देशभर र लागू गरिने छ । कक्षा २ र ३ मा यो पाठ्यक्रम शैक्षिक वर्ष २०७८ बाट कार्यान्यन गरिने छ । शैक्षिक वर्ष २०७७ मा कक्षा २ र ३ मा एकीकृत पाठ्यक्रममा आधारित पाठ्यसामग्री परीक्षण गरिने छ । यसै पाठ्यक्रमअनुसार विकास भएका कक्षा १ का नेपाली, अङ्ग्रेजी, गणित र सेरोफेरो विषयका पाठ्य तथा कार्यपुस्तक समेत छपाइ भइरहेकाले विद्यालयले यी चारविषयक्षेत्रसहित स्थानीय तहबाट विकास हुने स्थानीय विषयसमेत गरी पाँच विषयक्षेत्रको पठनपाठन गराउनुपर्नेछ । नयाँ पाठ्यक्रम कार्यान्वयसँगै सबै स्थानीय तहहरूलाई स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ (मातृभाषासहित) अनुरूप मातृभाषा वा स्थानीय विषयका रूपमा आधारभूत तह (कक्षा १-३) पाठ्यक्रम २०७६ मा उल्लिखित क्षेत्रहरूमा स्थानीय आवश्यकताअनुकूल हुने गरी पाठ्यक्रम विकास गरी कार्यान्यन गर्ने गराउने व्यवस्था मिलाउन अनुरोध छ । विद्यालय शिक्षाअन्तर्गत आधारभूत तह कक्षा १-३ मा भाषा विषयबाहेक अन्यमा पाठ्यसामग्री तथा सिकाइ सहजीकरण प्रक्रियाका लागि माध्यम भाषा मातृभाषा वा नेपाली भाषा हुने छ । तर कक्षा १-३ मा गणित विषयका लागि भने अङ्ग्रेजीलाई माध्यम भाषा बनाउन पनि सकिने छ । बहुमातृभाषी विद्यार्थीहरू रहेका कक्षामा पाठ्यसामग्री जुन भाषामा भए पनि बहुभाषी शिक्षक उपलब्ध भएसम्म कक्षाकोठाको शिक्षण सिकाइमा बहुभाषा प्रयोग गर्नुपर्ने छ । कक्षा १-३ को एकीकृत पाठ्यक्रम केन्द्रको वेबसाइटबाट उपलब्ध हुने छ । आधारभूत तह कक्षा १-३ मा एकीकृत पाठ्यक्रमको कार्यान्वयनलाई सहयोग गर्नका लागि पाठ्यक्रम कार्यान्वयन मार्गदर्शन तथा शिक्षक निर्देशिका विकास गर्ने क्रममा कक्षा १ का लागि पाठ्यक्रम कार्यान्वयन मार्गदर्शन तथा शिक्षक निर्देशिका विकास भइरहेकाले शिक्षकले सिकाइ सहजीकरणका विधि तथा तरिका छनोट तथा तयारीका लागि यी सामग्रीको सहयोग लिनु उपयुक्त हुने छ ।

सूचना नं. ४: आधारभूत तह (कक्षा ४-८) का पाठ्यक्रम परिवर्तन केन्द्र शैक्षिक वर्ष २०७७ मा छानिएका केही विद्यालयमा कक्षा ६ मा पाठ्यक्रम तथा पाठ्यपुस्तक परीक्षण गर्ने योजना छ । यसका लागि कक्षा ६ को पाठ्यक्रमअनुसार पाठ्यपुस्तक विकास कार्य प्रारम्भ भएको छ । परिवर्तित पाठ्यक्रमअनुसार कक्षा ४ र ५ मा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य, शारिरीक तथा सिर्जनात्मक कला र मातृभाषा वा स्थानीय विषय पठनपाठन हुनेछन् । कक्षा ६-८ मा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि सामाजिक अध्ययन तथा मानव मूलय शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा सिर्जनात्मक कलासहित) र मातृभाषा वा स्थानीय विषय वा संस्कृत विषयको पठनपाठन हुने छन् । आधारभूत तह कक्षा ४-८ मा भाषा विषयबाहेक अन्यमा पाठ्यसामग्री तथा सिकाइ सहजीकरण प्रक्रियाका लागि माध्यम भाषा मातृभाषा वा नेपाली भाषा हुने छ । तर गणित र विज्ञान विषयका लागि भने अङ्ग्रेजीलाई माध्यम भाषा बनाउन पनि सकिने छ । बहुमातृभाषी विद्यार्थीहरू रहेका कक्षामा पाठ्यसामग्री जुन भाषामा भए पनि बहुभाषी शिक्षक उपलब्ध भएसम्म कक्षाकोठाको शिक्षण सिकाइमा बहुभाषा प्रयोग गर्नु उपयुक्तहुनेछ ।

सूचना नं. ५ : माध्यमिक तह (कक्षा ११-१२) का पाठ्यक्रम विकास तथा कार्यान्वयन माध्यमिक तह कक्षा ११ र १२ प्रत्येकका लागि ४३ विषयका पाठ्यक्रम विकास भई स्वीकृत भएका छन् भने थप ३२/३२ ओटा पाठ्यकमका मस्यौदा तयार भई अन्तिम रूपमा विकास गर्ने कार्य भइरहेको छ । शैक्षिक वर्ष २०७७ देखि कक्षा ११ बाट कार्यान्वयन गरिने एकलपक्षीय पाठ्यक्रममा कक्षा ११ मा नेपाली, अङ्ग्रेजी, र सामाजिक अध्ययन तथा कक्षा १२ मा नेपाली, अङ्ग्रेजी र जीवनोपयोगी शिक्षा विषय अनिवार्य छन् । विद्यार्थीले निर्धारित चार समूहमध्ये कुनै तीन समूहबाट एक एक विषय ऐच्छिक विषयका रूपमा पढ्न सक्ने छन् । विद्यार्थीले पढ्न चाहेमा बाँकी रहेको समूहबाट थप ऐच्छिक विषयको पठनपाठन गराउनुपर्ने छ । माध्यमिक तहमा नेपाली वा अङ्ग्रेजी माध्यम भाषा हुन सक्ने छ तर सामाजिक अध्ययन र मानव मूल्य / चारित्रिक शिक्षा जस्ता विषयहरूलगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुहरूको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषा हुने छ । कक्षा ११ र १२ का स्वीकृत पाठ्यक्रम केन्द्रको वेबसाइटबाट उपलब्ध हुने छ । कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ का अनिवार्य विषयहरू नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन विषयका नमुना पाठ्यपुस्तक विकास गरिरहेको छ भने स्वीकृत पाठ्यक्रमअनुसार ऐच्छिक विषयमा बहुपाठ्यपुस्तक प्रयोगका लागि इच्छुक लेखक वा प्रकाशकलाई पाठ्यपुस्तक विकास गरी मूल्याङ्कनका लागि पेस गर्न सूचना प्रकाशित गरिसकिएको छ ।

सूचना नं. ६ : स्वीकृत थप पाठ्यसामग्रीको प्रयोग आधारभूत तहको कक्षा १-३ मा एक विषयक्षेत्रमा एकभन्दा बढी पाठ्यपुस्तक तथा कार्यपुस्तक प्रयोग गर्दा विद्यार्थीलाई बोझिलो हुने भएकाले शैक्षिकवर्ष २०७७ देखिविद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएसँगै भाषा विषयसहित प्रत्येक विषयमा पाठ्यक्रमअनुरूप विकास गरिएका एक सेट पाठ्यपुस्तकतथा कार्यपुस्तकमात्र प्रयोग गर्ने नीति कार्यान्वयन गर्ने र विद्यार्थीले उनीहरूको उमेर ररुचिअनुसार सन्दर्भ सामग्री अध्ययन गर्न पाउने गरी प्रत्येक कक्षाकोठामा पुस्तक कुना वा पहुँचयोग्य विद्यालय पुस्तकालयको व्यवस्था क्रमशः गर्दै लैजान पर्ने छ । अन्य कक्षामा थप पाठ्यसामग्री प्रयोग आवश्यक भएमा विद्यालयले औचित्यका आधारमा विद्यार्थीलाई अनावश्यक बोझ नहुने गरी व्यवस्थापन गर्नुपर्ने छ । यसरी थप पाठ्यसामग्री प्रयोग गर्दा पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका सामग्रीमात्र प्रयोग गर्न गराउनुपर्ने छ । स्वीकृत पाठ्यसामग्रीको सूची केन्द्रको वेबसाइटमा उपलब्ध हुने छन् ।

सूचना नं. ७ : स्वीकृत नभएका सामग्री बिक्री वितरण नगर्ने पाठ्यपुस्तक तथा थप पाठ्यसामग्रीका रूपमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति प्राप्त नभएकासामग्रीहरू प्रकाशन गर्न, बिक्री वितरण गर्न र विद्यार्थीलाई खरिद गर्न लगाउन हुदैन । पाठ्यकम विकास केन्द्र, सम्बन्धित परीक्षा बोर्ड तथा परीक्षा समितिहरू र विद्यालय तथा शिक्षकले नमुनाका रूपमा प्रकाशित गर्ने प्रश्नपत्र र पाठ्यपुस्तकमा नमुनाका रूपमा समावेश भएका प्रश्नपत्रबाहेक प्रश्नपत्रको सँगालोको रूपमा प्राक्टिसबुक, गेस पेपर, गाइड जस्ता समग्रीहरू छपाइ, विक्रीवितरण गर्न र विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान गरिने छैन ।

सूचना नं. ८ : कक्षा १-३ को एकीकृत पाठ्यक्रम अभिमुखीकरण पाठ्यक्रम विकास केन्द्रले कक्षा १-३ को एकीकृत पाठ्यक्रमको प्रबोधीकरणका लागि २०७६ माघ २८ र २९ गते मुख्य प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । फागुन दोस्रो र तेस्रो हप्तामा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा पाठ्यक्रम विकास केन्द्रले प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने छ । सबै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले स्थानीय तहहरूसँग समेत समन्वय र सहकार्य गरी कार्यक्रम कार्यान्वयन निर्देशिकाअनुसार फागुन तेस्रो र चौथो हप्तामा जिल्ला प्रशिक्षक प्रशिक्षण र फागुन चौथो हप्तादेखि चैत तेस्रो हप्ताभित्रमा कक्षा १३ सञ्चालन भएका सबै आधारभूत विद्यालयका शिक्षकहरूलाई सहभागी गराईतीन दिनको पाठ्यक्रम अभिमुखीकरण सञ्चालन गर्नुपर्ने छ ।

सूचना नं. ९ : कक्षा ९ र १० का ऐच्छिक विषयका पाठ्यक्रम विकास तथा कार्यान्वयन विद्यमान पाठ्यक्रम संरचनाअनुसार माध्यमिक तह कक्षा ९ र १० मा पठनपाठन भइरहेका ऐच्छिक इतिहास, भूगोल, नागरिकशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, जनसङ्ख्या शिक्षा, वातावरण विज्ञान, गणित (अतिरिक्त), शिक्षा, कम्प्युटर विज्ञान, लेखापरीक्षण,स्वास्थ्य तथा शारीरिक शिक्षा विषयका पाठयक्रम तथा पाठयपस्तक परिमार्जन गरी कार्यान्वयनमा ल्याइएकाले शैक्षिक वर्ष २०७७ मा कक्षा ९ र १० मा परिमार्जित पाठयक्रम तथा पाठ्यपुस्तक प्रयोग गर्नुगराउनुपर्नेछ ।त्यसै गरी अङ्ग्रेजी (ऐच्छिक) विषयमा शैक्षिक वर्ष २०७७ मा कक्षा ९ र शैक्षिक वर्ष २०७८ मा कक्षा १० मा परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रयोग गर्नुगराउनुपर्नेछ । विद्यमान पाठ्यक्रम संरचनाअनुसार माध्यमिक तह कक्षा ९ र १० का ऐच्छिक योग, प्राकृतिक चिकित्सा र आयुर्वेद विषयका परिमार्जित पाठ्यक्रमहरू स्वीकृत भएका छन् । त्यसै गरी कक्षा ९ र १० का ऐच्छिक सौन्दर्य कला, अवधी भाषा, भोजपुरी भाषा रनेपाली (ऐच्छिक) विषयका पाठ्यक्रम विकास गरी स्वीकृत भएका छन् । यी स्वीकृत भएका ऐच्छिक विषयका यी पाठ्यक्रमहरू शैक्षिक वर्ष २०७७ बाट कार्यान्वयन गर्न सकिने छ।

सूचना नं. १० : पाठ्यपुस्तक छपाइ र वितरणको व्यवस्था शैक्षिक वर्ष २०७७ का लागि कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि तपसिलबमोजिमका मुद्रक तथा वितरकहरू सूचीकृत भई पाठ्यपुस्तक छपाइ भइरहेका छन् :

  1. सहयात्रा प्रिन्टर्स एन्ड पब्लिसर्स प्रा.लि., विराटनगर
  2. हंसवाहिनी प्रिन्टर्स एन्ड पब्लिकेसन प्रा.लि. विराटनगर
  3. महावीर प्रिन्टर्स एन्ड पब्लिसर्स प्रा.लि.. विराटनगर
  4. ग्राफिक्स अफसेट प्रिन्टर्स प्रा.लि. विराटनगर
  5. नयाँमलक प्रकाशन प्रा.लि., नेपालगञ्ज
  6. जगदम्बा पब्लिकेसन प्रा.लि.. महेन्द्रनगर
  7. स्वर्गद्वारी अफसेट प्रेस. काठमाडौँ |
  8. लोकेन्द्र प्रिन्टिङ प्रेस एन्ड पब्लिकेसन, धनगढी
  9. ओमशिव प्रिन्टिङ प्रेस. क्षेत्रपाटी काठमाडौँ
  10. एक्सप्रेस कलर प्रेस कम्पनी प्रा.लि., काठमाडौं
  11. सुदिपा ट्रडिङ कम्पनी प्रा.लि., बल्खु काठमाडौँ
  12. त्रियुगा अफसेट प्रिन्टिङ प्रेस, काठमाडौँ
  13. प्रिन्टर्स पार्टनर प्रिन्टिङ पब्लिकेसन, भक्तपर
  14. क्वालिटी प्रिन्टिङ प्रेस, चितवन 
  15. स्मृति प्रिन्टिङ प्रेस, काठमाडौँ

कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने (कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तकहरूजनक शिक्षा सामग्री केन्द्रलेपनि छपाइ तथा वितरण गर्न सक्ने छ।)

विद्यालयले स्थानीय तहसँग पाठ्यपुस्तक खरिदका लागि बजेट निकास लिई समयमै पाठ्यपुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गर्नुपर्नेछ । निर्धारित समयमा पाठ्यपुस्तक प्राप्तिको सुनिश्चितताका लागि मुद्रक तथा वितरकसँग विद्यालयले आवश्यक समन्वय तथा निरन्तर सम्पर्क गर्नुपर्दछ । यस वर्ष कक्षा १ देखि ५ सम्मका सबै पुस्तकहरू तथा कक्षा ६ देखि ८ सम्म प्रत्येक कक्षाका ७ ओटा का दरले २१ ओटा रङ्गीन पाठ्यपुस्तक विकास गरिएको हुँदा सोहीअनुसार विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ ।

A Levels MA
Thuprai - Books and E-books