A Levels MA

त्रिविमा नेपाल भाषा पढ्ने बढे

काठमाडौं (कास)– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सेमेस्टर प्रणाली सुरु गरेपछि नेपालभाषा (नेवारी) पढ्नेको संख्या बढेको छ । त्रिवि नेपाल भाषा केन्द्रीय विभाग प्रमुख ओमकारेश्वर श्रेष्ठका अनुसार गत वर्षसम्म ८–१० विद्यार्थी हुने गरेको नेपाल भाषाको स्नातकोत्तर कक्षामा यसपालि २२ विद्यार्थी छन् । ‘हिन्दी, संस्कृतजस्ता अन्य भाषाको तुलनामा नेपाल भाषा पढ्नेको संख्या उल्लेख्य रूपमा बढेको छ,’ विभागले आइतबार गरेको अभिमुखीकरण गोष्ठीमा श्रेष्ठले भने । 

त्रिविले नेपाल भाषा विभाग सुरु गरेको ३८ वर्ष भए पनि शैक्षिक सामग्री भने अझै अभाव रहेको उनले बताए । केन्द्रीय विभागअन्तर्गत स्नातकोत्तर तह र विद्यावारिधि मात्र गराइन्छ । विद्यार्थीलाई ऐतिहासिक अभिलेख तथा प्राचीन भाषा अध्ययन अनुसन्धानका निम्ति ब्राह्मीलिपि, कुटिलालिपि, रन्जनालिपि, प्रचलित नेवा:लिपि, भुजिमोललिपि सिकाइन्छ ।

Thuprai - Books and E-books