After SEE Portal

सामुदायिक विद्यालयप्रति विश्वास बढाउनुपर्ने

Bridge Course

म्याग्दी, १६ पुस (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

जलजला गाउँपालिका–२ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि शुरु भएको महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । पूर्वसांसद नवराज शर्मा र महायज्ञका बाचक कमलनयन गौतमले दानमात्र नभएर बालबालिका सामुदायिक विद्यालयमा पढ्ने र पढाउने दायीत्व पनि पूरा गर्न आग्रह गर्नुभयो । 

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बगरफाँट बजार संरक्षणका लागि डीपीआर तयार पार्न लागिएको, केन्द्रीय प्रशारण लाइन स्थानान्तरण गर्ने तयारी भइरहेको, सबै घरमा निजी धारामार्फत खानेपानी वितरण गर्न लागिएको र बगरफाँटदेखि बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्न लागिएको जानकारी गराउनुभयो । 

हाल कक्षा एकसम्मको पठनपाठन सञ्चालन हुने सिद्धबाबा आधारभूत विद्यालयको तह थप, निजी शिक्षकको तलब व्यवस्थापन र भौतिक पूर्वाधार सुधार गर्न स्रोत जुटाउने उद्देश्यले आयोजित महायज्ञ सात दिनसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले बताउनुभयो । करीब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सामुदायिक विद्यालय नहुँदा त्यहाँका बालबालिका अध्ययनका लागि सदरमुकाम बेनी आउने गरेका छन् । 

A Levels MA