After SEE Portal

कीर्तिपुरमा एपिएफ स्कूलको छात्रावास भवन उद्घाटन

Bridge Course

काठमाडौँ, ६ पुस (रासस) : सशस्त्र प्रहरी बलको एपिएफ स्कूलको कीर्तिपुरस्थित नवनिर्मित छात्रावास भवनको आज उद्घाटन गरिएको छ । 

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा अजयकुमारले सो भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

सन् २००५ मा स्थापित नेपाल एपिएफ स्कुल प्रहरीबलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो । 

यो विद्यालय सो नगरपालिका चम्पादेवी–७ मा अवस्थित छ, जसमा २१ प्रतिशतभन्दा बढी छात्रा छन् । भारत सरकारको रु ४.०४२ करोड अनुदान सहयोगमा निर्मित सो दुईतले नयाँ संरचनामा छात्रावासका संरक्षकका लागि छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाइको सुविधासहित ३२ कोठा छन् ।

A Levels MA