After SEE Portal

शिक्षा अधिकृत अख्तियारको खोरमा

Bridge Course

ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले आज उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा शिक्षा अधिकृत पौडेललाई सेवाग्राहीबाट एक लाख रुपियाँसहित कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 

A Levels MA
Thuprai - Books and E-books