After SEE Portal

एसईईमा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परे

Bridge Course

गत चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन भएको  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परेका छन् ।

सर्लाही, मोरङ, सोलुखुम्बु, बाँकेका विभिन्न केन्द्रका केन्द्राध्यक्ष कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा सर्लाहीका जनकौल मावि हरकठवाका केन्द्राध्यक्ष रामनारायण यादव, लक्ष्मीदेवी जनता मावि मलंगवा ११ का दिनेश राय, जनतामावि चक्रघट्टाका विरेन्द्र चौधरी, शिक्षा सदन मावि विराटनगरका विजयकुमार रौनियार लगायतका केन्द्रध्यक्षले परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न नसकेका हुँदा राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ ।

त्यसैगरी मोरङका आठ जना निरीक्षक योग्यता विपरीत भएको, सप्तरीका दुई, सर्लाहीका १३, बाराका एक नक्कली निरीक्षक, बाँकेका दुई, महोत्तरीका ४ जना निरीक्षकलाई मोबाइलको प्रयोगगरी चिट चोराएको पाइएको हुनाले कारबाही गरेको बोर्डले जानकारी दियो ।

बोर्डका अनुसार एक जना कार्यालय सहयोगीले परीक्षामा अनुचित तरिकाले चिट चोराएको पाइएपछि कारबाही गरिएको छ । त्यस्तै परीक्षामा अनुचित कार्य गर्ने ९० जना परीक्षार्थीलाई परीक्षाबाट निष्कासन गरेको छ ।

परीक्षामा १२३६ ओटा मोवाइल परीक्षाहलबाट बरामद गरिएको बोर्डले जानकारी दियो ।

नारायणी मावि चितवन परीक्षा केन्द्रमा दृष्विहीन परीक्षार्थी भएको स्थानमा अमुक व्यक्ति पुगेर चिटिङ गराइ रहेको पाइएको भए पनि कारबाही नगरेको बोर्डले जानकार िगरायो ।

गणित विषयको परीक्षाको दिनमा झुन्खुनवा परीक्षा केन्द्रमा ८ बजेर २ मिनेटमा प्रश्नपत्र बाहिरिएको भनी सामाजिक सञ्जाल र आमसञ्चारका साधनमा आएको, नेपाली विषयको परीक्षाको दिनमा परीक्षा शुरु भएको १५–२० मिनेटमा नै प्रश्नपत्र बाहिरीएको भनी सामाजिक सञ्जालमा प्रसार भएको, आदर्श मावि जुफाल डोल्पाका केन्द्राध्यक्ष सोही माविका प्रधानाध्यपक  र स्थानीय होटल सञ्चालक भएकाले विद्यार्थीलाई आफ्नो होटलमा बसे पास गराइदिने प्रलोभन दिई परीक्षाको मर्यादा कमजोर पारेको गुनासो आएको, मोबाइलबाट उत्तर पठाएको, गेसपेपरबाट उत्तर लेखेको, कतिपय परीक्षार्थीले सहयोगी राखेको ९हातभाँचिएको नक्कल पारेर० पाइएको बोर्डले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books