After SEE Portal

शिक्षा सम्बन्धी तीन विधेयक यसै अधिवेशनबाट पारित हुने

Bridge Course

मन्त्री परिषद्ले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक माथि छलफलका क्रममा उनले यस्तो बताएका हुन् । शिक्षा तथा स्वास्थ्य समितिको सचिवालयका अनुसार संसद्को अघिल्लो अधिवेशनमा राष्ट्रिय सभाबाट बहुमतले पारित सो विधेयक माथि समितिमा आजदेखि छलफल सुरु भएको हो  ।

मन्त्री पोखरेलले संसद्को अघिल्र्लो अधिवेशनमा राष्ट्रिय सभामा प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित भएपछि प्रतिनिधि सभाको शिक्षा समितिमा छलफलका लागि पुगेको हो ।

समितिले अन्य दुई विधयेकमा बफदार छलफल सकी सो विधेयकमा छलफल गर्न थालेको समितिले जानकारी दियो । ‘समितिमा छलफलका लागि आएको यो विधेयक माथि व्यापाक छलफल गरी संसदमा प्रस्तुत गर्छौं ।’ समितिकी सभापति जयपुरी घर्तीले भनिन्, ‘यो विधेयक विश्वविद्यालय शिक्षाको रुपान्तरणका लागि ऐतिहासिक कदम हुने गरी हामी संसदबाट पारित गर्छौं ।’

छलफलमा पुग्नु अगावै चार संशोधन प्रस्ताव एक दर्ता हुन सकेन

समितिको सचिवालयका अनुसार सो विधेयक माथि संशोधनका लागि चार जना सभासदहरुले संशोधन दर्ता गराएका छन् ।

संशोधन दर्ता गराउनेमा खगराज अधिकारी, वृन्दा पाण्डे, दुर्गा पौडेल र शेरबहादुर तामाङ छन् भने नेपाली काङ्ग्रेसका सभासद् गगन थापाले निर्धारित समयभन्दा ढिलो संशोधन प्रस्ताव दर्ता गराएकाले दर्ता हुन नसकेको सचिवालयले जानकारी दियो ।

छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पुगेको विधेयकको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

दर्ता हुन नसकेको गगन थापाको संशोधन प्रस्ताव हेर्न यहाँ क्लिक गर्नुहोस्

A Levels MA
Thuprai - Books and E-books