After SEE Portal

बानेश्वरमा विद्यालय कर्मचारीले थाल ठटाए

Bridge Course

नेपाल विद्यालय कर्मचारीको चरणबद्ध आन्दोलनका क्रममा आज थाल ठटाउँदै बृहत र्यालि निकालेका छन् । सरकारले  बजेट भाषणमा आफ्ना माग सम्बोधन नगरेपछि कर्मचारीले जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिकको माग राख्दै कर्मचारीहरु आन्दोलित बनेका हुन् । 

उनीले माइतीघर मण्डलामासम्म थाल ठटाएर र्याली गर्दै  सभाको आयोजना गरेका छन् ।परिषद्ले  कर्मचारीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएपछि थाल ठटाउने बाध्य भएको जानकारी दियो । संघीय शक्षा ऐन जारी गर, निस् शुल्क शिक्षा लागू गर,  बुँदा नम्‍मर १२७ लागू गर, सर्वोच्चको फैसला कार्यान्वयन गर नारा लगाएका थिए ।

सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिएको तर बजेटमा सम्बोधन नभएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् ।

 

A Levels MA
Thuprai - Books and E-books