After SEE Portal

१.६ जीपीए ल्याएकाले जुनसुकै विषय अध्ययन गर्न पाउने

Bridge Course

माध्यमिक शिक्षा परिक्षा (एसईई)मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गर्न पाउने भएका छन् ।

एसईईमा कम प्राप्ताङ्क भए पनि आफूले चाहेको विषय अध्ययन गर्न नपाएका विद्यार्थीका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यस्तो निर्णय गरेर बाटो खुला गरिदिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा १० को वार्षिक परीक्षामा विभिन्न कारणले बिग्रिएको हुनसक्ने बताउँदै भने, “उसले माथि गएर राम्रो पनि गर्न सक्छ । त्यसैले विद्यार्थीलाई हतोत्साही गर्नु हुँदैन भनेर न्यूनतम १.६ जीपीए ल्याउनेले जुनसुकै विषय अध्ययन गर्न पाउने निर्णय ग¥यौँ ।

यसअघि विज्ञान विषय अध्ययन गर्न तोकिएको विषयमा न्यूनतम सीप्लस ग्रेड ल्याउनै पर्ने व्यवस्था थियो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसै वर्षबाट यस्तो व्यवस्था कार्यान्वयन हुने बताउँदै भने, “२०७८ सालको एईईमा सहभागी भएका विद्यार्थीका लागि बाटो खुला भएको छ । अब उनीहरुले न्यूनतम १.६ जीपीए ल्याएमा माथि जुनसुकै विषय छनोट गर्न पाउनेछन् ।”

एसईईमा तोकिएका विषयमा न्यूनतम सीप्लस ल्याउन नसक्दा विद्यार्थीले भारतमा गई कक्षा ११ र १२ अध्ययन गर्ने गरेको र पढाइ पूरा गरेर नेपाल फर्किएपछि समकक्षता नपाउने अवस्था पनि थियो । यसबाट हजारौँ विद्यार्थी पीडामा थिए । केन्द्रका महानिर्देशक अर्यालले यस्तो व्यवस्थालाई पनि हटाइएको जानकारी दिए ।

“विदेशमा पढेर आएकाहरुको पनि न्यूनतम १.६ जीपीए रहेको भए उनीहरुलाई पनि समकक्षता निर्धारण गरिदिन बाटो खुला गरेका छौँ” उनले भने, “यो निर्णयका कारण समकक्षता निर्धारण हुन नसकेर उच्च शिक्षा अध्ययन गर्न नपाएकाहरुलाई राहत मिलेको छ । अब उच्च शिक्षा अध्ययन गर्न पाउनेछन् ।”

A Levels MA
Thuprai - Books and E-books