After SEE Portal

त्रिविका उपकुलपतिले अभिव्यक्ति नसच्याए प्राध्यापकहरूले कठोर निर्णय गर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आफ्नो अभिव्यक्ति तुरून्त सच्याई पुनः सार्वजनिक धारणा सम्प्रेषण नगरे कठोर निर्णय गरिने प्राध्यापकहरूले चेतावनी दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा हिजो दिएको अभिव्यक्ति सच्याउन नेपाल प्राध्यापक संघ तथा त्रिवि प्राध्यापक संघले माग गरेको हो ।

 ‘विश्वविद्यालयका प्राध्यापकहरूमाथि लगाइएको लाञ्छनाप्रति नेपाल प्राध्यापक संघ तथा त्रिवि प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘विज्ञप्तिमा उपकुलपतिले आफ्नो गल्ति कमजोरीहरूलाई ढाकछोप गर्न अरूलाई दोष लगाउने र एउटा कुनै घटनालाई सामान्यीकरण गर्दै सम्पूर्ण प्राध्यापकहरूप्रति लगाएको आरोप गैरजिम्मेवार र निन्दनीय छ । विश्वविद्यालयमा कार्यरत कुशल कर्मचारी र प्राध्यापकहरूलाई आवश्यक हौसला प्रदान गर्ने र आफ्नो जिम्मेवारी वहन नगर्ने व्यक्तिलाई सत्यतथ्य पत्ता लगाई कारवाही गर्ने वैधानिक विधि अवलम्बन नगरी सम्पूर्ण प्राध्यापकहरूको मनोवल गिराउने गरी दिएको अभिव्यक्ति तुरून्त सच्याई पुनः सार्वजनिक धारणा सम्प्रेषण गर्न जोडदार माग गर्दछौं ।’

उपकुलति बाँस्कोटाले हिजो समितिको बैठकमा त्रिविका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत विश्वविद्यालयमा राख्न नदिएको उपकुलपति प्राडा बास्कोटाले बताएका थिए ।

पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको उनले जानकारी गराएका थिए ।

सो समितिको बैठकमा बोल्दै उनले सो मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको दुखेसो सुनाएका थिए ।

A Levels MA