After SEE Portal

इजरायलमा फसेका नेपाली विद्यार्थी नेपाल आउन चाहें तत्काल ल्याइने

Bridge Course

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।    

 सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए ।     

 “चाँडोभन्दा चाँडो सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने राष्ट्रिय दायित्वका हिसाबले सबैलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो”, प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले भने, “सङ्कटको यो समयमा राष्ट्रिय सहमति भयो, सबैको एक स्वर रह्यो, त्यसका लागि प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो ।”    

 प्रधानमन्त्री दाहालले बोलाएको उक्त बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी भएका थिए ।       

 

 बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गरेको कामबारे जानकारी दिएका थिए ।

A Levels MA
Thuprai - Books and E-books