SEE Result 2082

शिक्षक अस्पतालका लागि भरतपुरमा जग्गा पहिचान

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन समितिले चितवनको भरतपुर महानगरपालिका–१५, भगवानपुरमा जग्गा पहिचानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आज प्रतिवेदन बुझाएको छ ।

समितिले भगवानपुरसहित भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जागती, सूर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।

समितिले भगवानपुरको कित्ता नम्बर ५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित मा सो अस्पतालका लागि २१ बिघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख गरेको समितिका संयोजक डा विमल शर्मा चालिसेले जानकारी दिए ।

सो अस्पतालका लागि हाल ३०० शय्या क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउनका लागि नेपाल सरकारबाट स्वीकृत मापदण्डबमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरङ्ग विभाग, अन्तरङ्ग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी मापदण्डले तोकेबमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने निष्कर्ष समितिले निकालेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताए । सो अस्पताल बनेपछि शिक्षक तथा उनका परिवारलाई उप

+2 School
Counseling
Bachelors Portal