Bachelors Portal

नेपाल भाषा अध्यापन गराउन वार्षिक रु. १५ लाख अनुदान दिइने

काठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु. १५ लाख अनुदान दिने भएको छ । नेपाल भाषाको उत्थान गर्ने उद्देश्यले कामपाले विद्यालय तहदेखि विश्वविद्यालय सम्म नेपाल भाषाको अध्यापन गराउने प्रोत्साहन गर्ने उद्देश्यले सो क्याम्पसलाई अनुदान दिने भएको हो ।

कामपाको आज बसेको ७० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको महानगर शिक्षा विभागले जानकारी दियो ।

क्याम्पसले उठाउने शुल्क र महानगरको अनुदानबाट नेपाल भाषा पढाउने भएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीबाट सङ्कलन हुने शुल्कबाट बेहोरिने जानकारी दिए ।

Thuprai - Books and E-books