After SEE Portal

कोरोना संक्रमणको बेला विद्यार्थीलाई कसरी सुरक्षित राख्ने ?

Bridge Course

विश्व स्वास्थ्य संगठनले भारत र नेपालमा कोरोना संक्रमणको उच्च प्रकोप जुन र जुलाईमा हुने तथ्य सार्वजनिक  गरिरहेको छ ।। विश्वभर भइरहेका अनुसन्धान अनुसार कोरोना भाइरस संक्रमण २०२२ सम्म रहने छ । कोभिड १९ विरुद्धको खोप तथा औषधि आविष्कार भएर बजारमा आउन ६ महिनादेखि डेढ बर्ष लाग्ने अनुसन्धानविदले बताएका छन् ।

यो अवधिमा सामाजिक दुरी कायम राख्ने, हात धोइरहने, मास्क , पंजा , चस्मा आदिको प्रयोग गर्ने लगायत रोकथामका उपाय गर्नुको विकल्प छैन । कोरोना संक्रमणले विद्यार्थीलाई ठूलो असर गरेको छ । यो महामारीको विच पठनपाठन सुरक्षित बनाउन सरकार तथा विद्यालयले निम्न उपाय अवलम्बन गर्नु जरुरी छ:

- रेडियो तथा टेलिभिजनमार्फत निश्चित समयमा पाठ्यक्रम अनुसार पढाउने 

- रोकिएका परीक्षामध्ये ११ कक्षासम्मको रिजल्ट अघिल्लो परीक्षाको अनुसार प्रकाशित गर्ने 

- स्कुलबसमा सामाजिक दुरी कायम नहुने भएको हुँदा आफ्नो एरियाको स्कुलमा भर्ना गर्ने 

- सम्बन्धित कक्षाको पाठ्यक्रम अनुसार अनलाइन कक्षामा एकरुपता ल्याउने । त्यसको लागि सरकार र विद्यालयले विद्यार्थीलाई हाइस्पीडको इन्टरनेट निशुल्क उपलब्ध गराउने

- रेडियो तथा टेलिभिजनमार्फत निश्चित समयमा पाठ्यक्रम अनुसार पढाउने 

- रोकिएका परीक्षामध्ये ११ कक्षासम्मको रिजल्ट अघिल्लो परीक्षाको अनुसार प्रकाशित गर्ने 

- स्कुल बसमा सामाजिक दुरी कायम नहुने भएको हुँदा आफ्नो एरियाको स्कुलमा भर्ना गर्ने 

- भौतिक दुरी कायम गर्न स्कुलमा प्रि फ्याबका टहरा बनाउने 

- घटीमा १ मिटरको दुरी हुने गरि प्रत्येक बिध्यार्थिलाई सिंगल टेबल जोडिएको कुर्सिको ब्यबस्था गर्ने

- बिद्यालयको गेटमा बिद्यार्थी तथा शिक्षकको दैनिक रुपमा तापक्रम लिने तथा रुघाखोकी लागे नलागेको परिक्षण गरेर मात्र बिद्यालयभित्र जाने अनुमति दिने

- मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने 

- बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्ने 

- सौचालयको संख्या बढाउने । सौचालयलाई पटक पटक निर्मैलिकरण गर्ने 

- सामुहिक गतिबिधि जस्तै प्रार्थना, खेलकुद वा अन्य गतिबिधि नगर्ने 

- स्कुल बस तथा भ्यानलाई साबुनपानी, क्लोरिन पानी र लाइसोलले दैनिक धोएर निस्संक्रमित बनाउने 

- भौतिक दुरी कायम गर्नको लागि हरेक कक्षाका बिद्यार्थीलाई १ दिन बिराएर स्कुल जाने ब्यबस्था गर्ने । यसोगर्दा बिद्यालय आउने दिन प्रयोगात्मक शिक्षा लगायत पढाउने तथा अर्को दिनको लागि होमवर्क दिने एबम अनलाइन कक्षा गर्ने 

- भर्ना शुल्क, मासिक शुल्क लगायतमा एकरुपता ल्याउने । यो संकटको बेला सेवामुखी र आत्मनिर्भर बन्ने । मुनाफाको योजना कोरोना संक्रमण नियन्त्रण भएपछि मात्र बनाउने ।

- होस्टेल सकभर नचलाउने । सबैले बुझ्नु जरुरी छ कि स्कुलमा १ जना संक्रमित भएमा पुरै विधार्थीलाई रोग सर्ने, उनीहरुको अभिभावकलाई सर्ने हुँदै समाजमा संक्रमण फैलिन सक्छ । त्यसैले जीवनलाई पहिलो प्राथमिकतामा राखौं । आफ्नो नाफाघाटाको लागि जोखिम मोलेर स्कुल तथा स्कुल बस संचालन नगरौं 

A Levels MA