A Levels MA

असल अभिभावकको जिम्मेवारी कसरी पुरा गर्ने ?

आफ्ना सन्तानसँग अत्यन्त महत्वपूर्ण समय अघिल्लो पटक कहिले बिताउनु भएको थियो ? के तपाईंले आफ्ना छोराछोरीका कुराहरूलाई ध्यान दिएर सुन्ने गर्नुभएको छ ? तपाईंलाई थाहा छ त यतिखेर तपाईंको बच्चाले आफ्नो मनमा कस्तो योजना बनाइरहेको होला ? आधिरातमा आँखा मिच्दै काममा निस्किने अभिभावकलाई यस्ता प्रश्न सोध्दा उहाँहरुबाट कस्तो उत्तर पाउन सकिएला ?

‘हाम्रा नानीहरू धेरै समय विद्यालयमा नै बिताउने भएकाले यसको सम्पूर्ण जिम्मेवारी शिक्षकले नै लिनुपर्छ । बेलाबेलामा स्कुल गएर फिस तिरिदिएकै छ ।  बिहान बेलुका ट्युसन कोचिङ हालिदिएकै छ । हामीलाई  कहाँ फुर्सद हुन्छ ? व्यापार भन्यो, खेती भन्यो,  भान्साको  काम गर्नै पर्यो । आफूले धेरै पढेको होइन । यसरी सोचेर बस्न कहाँ पाइन्छ ?  सर मिसले हो सोच्ने  हो ।’ पक्कै पनि  अभिभावकको प्रायः यही उत्तर हुन सक्छ ।

अभिभावकका यी उत्तर सुन्दा सामान्य लागे पनि यसभित्र गहिरो अर्थ लुकेको हुन्छ । यसको मतलब कि त अभिभावकले चाहना हुँदाहुदै पनि समय दिन नसकेका हुन्  कि त समय दिन नचाहेको हुनुपर्छ । अर्कातिर शिक्षकलाई लाग्दछ । बालबालिका २४ घण्टामा ६ घण्टा मात्र विद्यालयमा  रहन्छन् । त्यसैले पढाइ बाहेक सबै कुराको जिम्मेवारी अभिभावकले लिनुपर्दछ । प्रायः यसरी अभिभावक र शिक्षकबीच  बेलाबेलामा एकआपसमा कटाक्ष चलिरहेको हुन्छ । फेरि वर्तमान अवस्थामा बालबालिकाका विषयमा एकअर्कालाई दोषारोपण गर्नु नियति नै बनिसकेको छ । यसको निकै नराम्रो प्रभाव कलिला विद्यार्र्थीहरूमाथि पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा परिरहेको कुरामा ध्यान भने कमै  मात्र गएको हुन्छ ।

शिक्षक र अभिभावक वास्तवमा एउटा साइकलका दुई पाङ्ग्रा समान हुन् । साइकल शिक्षा हो भने चालक विद्यार्थी हुन् । हामी सहजै अनुमान लगाउन सक्छौँ अगाडिको पाङ्ग्राभन्दा पछाडिको पाङ्ग्रा थोरै भए पनि अलि फराकिलो हुने गर्दछ । यथार्थमा अभिभावकको भूमिका पनि शिक्षकको भन्दा तुलानात्मक रूपमा अलि जिम्मेवारपूर्ण तथा प्रभावकारी हुने गर्दछ । वास्तवमा अभिभावक र शिक्षक दुवै पाठशालाका गुरु पनि हुन् ।

बाबुआमाको समय  सन्तानलाई  किन आवश्यक हुन्छ रु धेरै समय दिएका बालबालिकाको  स्वभाव कस्तो हुन्छ रु र थोरै समय दिएका  बालबालिकाको स्वभाव कस्तो हुन्छ रु हामी हाम्रा छोराछोरीहरूलाई कस्तो रूपमा देख्न चाहन्छौ“ । त्यसको निर्धारण अभिभावकले दिने समय र व्यवहारमा भर पर्ने हुन्छ  । यसरी बालबालिकाको सोच र व्यवहार सकारात्मक बनाउन अभिभावकले खेल्ने असल जिम्मेवारीलाई नै अभिभावन भनिन्छ । सामान्यतया अत्यन्त कडा अनुशासनमा राख्ने, ज्यादै पुलपुल्याउने अनि माया र अनुशासन दुवै प्रदान गर्ने आजका अभिभावकको व्यवहारिक उपाय हो । 

बालबालिकामा अत्यन्त कडा अनुशासनमा राख्ने, ज्यादै पुलपुल्याउने कुराले   लामो समयसम्म  प्रभाव पर्दैन तर कालान्तरमा यसको परिणाम अत्यन्त निराशाजनक हुने गर्दछ । अर्को कुरा  हाम्रा बालबालिकाहरूलाई स्नेह पनि दिउँ र सँगसँगै अनुशासनमा पनि राखौँ भन्ने हो । यसको मतलब अति कडा पनि होइन र अति छाडा पनि होइन भन्ने हुन्छ ।

आजभोलि कोरोनाको त्रास जताततै छ । यस्तो लाग्छ हाम्रा बालबालिकाहरूको मनोरञ्जनको स्रोत इन्टरनेट मात्रै हो ।  यसमै बिहानदेखि बेलुकासम्म लगामबिनाको घोडामा झैं सवार गरिरहेका छन् । मानौँ ब्रेकबिनाको गाडीमा यात्रा गरिरहेका छन् ।

कल्पना गरौँ त, ब्रेकबिनाको गाडीमा सवार गर्नेहरूको यात्रा कति लामो समयसम्म सुरक्षित होला रु त्यसो भए के  तपाईँ आफ्ना सन्तानलाई ब्रेक नभएको गाडीमा राख्नुहुन्छ त रु आफैँसँग प्रश्न गरौँ यस्तो विषम परिस्थितिमा  असल अभिभावकको जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ रु

हाम्रो अनुभवले भन्दछ, घर र परिवार भनेको बच्चाको व्यवहार सिकाउने वा बिगार्ने मुख्य आधारभूत सामाजिक संस्था हो । अहिले नानीबाबु पढ्ने स्कुलका चौरमा हरियो दुबोमात्रै उम्रिएको छ । त्यहाँ न पढाउन मिल्छ न त रमाउन मिल्छ । त्यसैले लकडाउनको विकल्पमा बगैंचा र भान्साकोठा  सिक्न र सिकाउनका लागि सबैभन्दा ठुलो लाइब्रेरी हुन सक्छ । जहाँ व्यवहार र संस्कार सिकाउन सकिन्छ ।

आजभोलि अभिभावकहरू माया(ममताको नाममा आफ्ना सन्तानलाई आवश्यकताभन्दा बढी स्वतन्त्रता दिन्छन् । सबै आवश्यकता नै पुरा गरिदिने अभिभावक मानौं एटीएम मेसिन हुन्  उनीहरुका । जे भन्यो त्यही जुटाइदिने । जति भन्यो त्यति  जुटाइदिएर वर्तमान समय नै अभिभावकले आफ्नो नियन्त्रणमा लिएपछि बच्चालाई व्यबहार कसले सिकाउने रु आत्मनिर्भरको बाटो कसले देखाइदिने रु

यथार्थमा समयको बहावसँगै जाँदा अहिलेका हाम्रा बालबालिकाहरूको सानो उमेरदेखि खेल्ने खेलौना नै विकृत हुँदै गएको हामी सहजै देख्न पाइरहेका छौँ । आज सम्पत्तिको पछि लागेका अभिभावकहरु मेरो सपना, मेरो संसार, मेरो मुटुको टुक्रा भनिने आफ्ना बच्चाको गतिविधिका बारेमा  बेखबर छन् । अभिभावकको समय नपाएपछि साथी, सङ्गत, टिभी, मोबाइल र स्कुले परिवेशका कारण उनीहरू हात हतियारजस्तै स–साना बन्दुक, गुलेली, तथा पब्जीजस्ता आक्रमक शैलीका खेलौनामा रमाइरहेका हुन्छन्  । ती खेलौनाको नकारात्मक प्रभाव बालमस्तिष्कमा कसरी परिरहेको हुन्छ भन्ने ख्याल अभिभावकलाई हुँदैन । केही क्षणको आनन्दका लागि या भनौँ टि।भी।मा देखिएको काल्पनिक घटनालाई व्यवहारमा प्रयोग हेरौँ न भन्ने अपरिपक्क सोचका कारणले हत्या, आतंक र बलत्कारका घटनाहरू समाजमा अत्यन्त सहजतापूर्वक घटित हँुदै गरिरहेका छन् ।

हल्लाको पछाडि लाग्ने केही सोसल मिडियाले सकारात्मक भन्दा नकारात्मक प्रभाव  पारिरहेका छन् । यसको प्रभाव बालमस्तिष्कमा तुलानात्मक रूपमा  ६ गुणाले बढी  देखा पर्छ । अभिभावक स्वयम् उनीहरूसँग बसेर राम्रा कार्यव्रmम देखाउने हो भने उनीहरू रचनात्मक पनि हुन सक्थे होलान् । कमिलालाई आफूभन्दा ३ गुणा ठुलो खानेकुरा ल्याउन कुनै शिव खेडाले मोटिभेसन गरेका थिएनन् । आजको बच्चालाई मोटिभेसन चाहिएको छ ।

बच्चालाई अभिभावकले काउन्सिल होइन क्लियारिटी गरिदिनुपर्छ के बन्ने र बनाउने त्यसको  मोडेल प्रष्ट बनाइदिनुपर्छ । तर यसो गरिरहन हाम्रा अभिभावकलाई फुर्सत नै छैन । परिणमतः बालबालिकाहरुको सोचाइ नकारात्मकतिर गएको पत्तै हुँदैन ।

आफ्नै मनले बालबालिकालाई टिभी। हेर्न दिँदा उनीहरू बढी स्वतन्त्र हुने गर्दछन् । अनि उनीहरूलाई जुन कुराले भावानात्मक रूपमा प्रभाव पार्दछ । नजानिदो रूपमा त्यसबाट प्रभावित हुने गर्दछन् । यसलाई संगत भन्ने गरिन्छ । संगत  सँगै हिँडे हुने नहिँडे नहुने भन्ने हुँदैन ।

हरेक अभिभावक आफ्ना सन्तानसँग के चाहन्छन् रु स्पष्ट छ,  स्वास्थ्य, खुसी, आनन्द, कर्तव्यको बोध, शैक्षिक र सामाजिक रूपमा प्रतिस्पर्धा गर्न सकोस्, जीवनको उद्देश्यप्रति सजग, परिवार तथा संस्कृतिप्रति आदरभाव, राष्ट्रियता भाव, तथा सबैप्रति स्नेही बनून् भन्ने नै हो ।

 त्यसो हो भने हामीले दिएको समय र संस्कार त्यसका लागि पर्याप्त छ त । सबैले सोच्नुपर्ने कुरा यो हो कि हाम्रा सन्तान हार्नका लागि जन्मेका होइनन् ।  सन्तानले हारेको सपना संसारमै कुनै अभिभावक देख्न चाहदैनन् । त्यसैले  सन्तानका सपना गन्तव्यमा पुर्याउन काँध थापिदिनै पर्छ । लक्ष्यसम्म पुर्याउन आत्मविश्वास भर्नैपर्छ । सन्तानले सधैं विश्वास र आशा चाहेको हुन्छ भन्ने कुरा अभिभावकलाई हेक्का हुनैपर्छ ।

भौतिक सुखसुविधाका कारण आफ्ना सन्तानहरूसँग मनग्य समय बिताउन नसक्दाका कतिपय अभिभावकहरु आवश्यक भौतिक सुविधा जुटाइदिने र  जिम्मेवारीबाट उम्कने गर्छन् । विलासितामा समय बिताउन खोज्दा मानवीयता स्वतः समाप्त भएर जान थाल्दछ । भौतिक सुविधा बढ्न थालेपछि नैतिकता स्वतः घट्दै जाने कुरामा कुनै सन्देह छैन । यस्तो प्रवृत्ति शहरमा ज्यादा देख्न सकिन्छ ।

हामी सन्तानलाई  सन्तानका रुपमा नहेरेर बिज्नेसका रुपमा  हेरिरहेका र्छौं । आज सन्तानलाई असल होइन ठूलो र धनी भएको देख्न चाहिरहेका छौँ । नाफाघाटामा छोराछोरीका सर्टिफिकेट हेर्छौं । यी भविष्यका आशा  हुन् । भोलिका निर्विकल्प भरोशा हुन् ।  तर  आफू सामाजिक  सञ्जालमा झुण्डिदै बालबालिकालाई किताब थुपारीदिएर पढ् भनी उल्लु बनाइरहेका छौं ।

कस्तो विडम्बना हाम्रो माया जंकफुडमा साटिएर आएको छ । बच्चाले बाआमासित समय मागेको छ  तर आज बाबुआमासंग ओभर एस्पेक्टेसन छ । एउटा सन्तान छ उसलाई कस्तो शिक्षा दिने रु चना उमार्ने शिक्षा कि चना उमाल्ने शिक्षा दिने । बनाउने त एउटा हो ।

 सन्तानलाई संस्कार होइन सर्टिफिकेटमा होडबाजी गराइरहेका छौं । माछा मार्ने शिक्षा होइन माछा खाने शिक्षा आर्जनमा जोड दिइरहेका छौं । शिक्षाको नाममा मेसिन बनाइरहेका छौँ  विचार गरौँ । लाग्छ, हामी उल्टो दिशामा यात्रा गरेर सही स्थानमा पुग्ने हतारमा पो छौँ कि । आज बच्चाका कुरा सुनिएन भने भोलि बच्चाले अभिभावकका कुरा सुन्दैन ।

समयले कोल्टो फेरेको छ । यस्तो समय पनि  थियो । अभिभावकको इसारामा सन्तानहरूको योजना बन्थ्यो । अभिभावकको स्वीकृतिविना कुनै काम हुनै सक्दैनथ्यो तर आज अभिभावकको लगाम बालबालिकाको हातमा पुगेको छ । उनीहरूको इसाराविना अभिभावक सोच्नसम्म पनि सक्दैनन् ।

यो कुरा निश्चित छ । बिरुवाको फल कस्तो छ भन्ने कुराको बिरुवाको बीज कस्तो थियो भन्ने कुरामा आधारित हुन्छ ।

मनोविज्ञानले भन्छ , ‘जस्तो बीज उस्तै फल’ भनेजस्तै आमाको गर्भमा बच्चाको शुरुआत जस्तो हुन्छ । यसैको आधारमा जीवनको मार्ग कोरिएको हुन्छ । आमाको गर्भमा बच्चाको भावी कोरिन्छ । गर्भ जीवनभरिका लागि शक्तिसञ्चय र आधारशिला भएकाले आमाले सन्तानको शुभारम्म कालदेखि नै सजगता अपनाउनु बुद्धिमानी हुन्छ ।  त्यसैले आमाबुवाहरू बालकका अगाडि सधैँ असल उदाहरण बन्न सक्नुपर्छ ।

हरेक बालबालिका आफू कस्तो जीवनयापन गर्ने भन्ने कुराको रोलमोडल आफ्ना अभिभावकलाई देख्न चाहन्छ । जसरी एउटा धार भएको चक्कुसित होसियारी अपनाइन्छ, यही नियम हाम्रा सन्तानका लागि लागू हुने गर्दछ ।

अभिभावक बच्चाको नमुना हुन् । हामी जस्ता छौँ हाम्रो रचना पनि उस्तै हुने भएकाले प्रथमतः हामी उनीहरूका लागि आदर्श बन्न सिक्नुपर्छ  । यसका लागि  बच्चाहरूको कुरा सधैँ सुन्नुपर्दछ । बच्चाको कुरा सुनिएन भने ऊ आफैं जिउनसक्ने बाटो खोज्छ । त्यसैले बच्चाको अगाडि माया देखाउने गर्नुपर्छ । बच्चाको अगाडि सधैँ एकनास बन्नुपर्छ ।

बच्चाका साथीहरूलाई सम्मान गर्नु र उनीहरूलाई घरमा आउदा  स्वागत गर्नुपर्छ । अनुशासन र मर्यादालाई आफूले समेत कायम गर्नुपर्छ । सकेसम्म बच्चाहरूसँग समय बिताउने गर्नुपर्छ । यदि बच्चाले राम्रो काम गरेमा उनीहरूलाई त्यतिबेला नै स्यावासी दिने गर्दा हौसला मिल्छ । गाली गर्दा, तिम्रो त्यो खराब बानीलाई गरेको हो, तर तिमीलाई होइन भन्ने पार्नुपर्दछ । बच्चालाई घरमा सुरक्षित महसुस गराउनुपर्दछ । उनीहरूलाई आफूले गरेको मायाको बदलामा पछि गएर पैँचो फेर्नुपर्छ भन्ने भान गराउँनुहँुदैन । माया व्यापार होइन ।

याहाँ चित्रको होइन चरित्रको पूजा र मूल्य हुने भएकाले आफ्ना सन्तानलाई हामी स्वयम् नै चरित्रवान् भएर देखाउनुपर्छ । बच्चाको शारीरिक विकासका लागि आवश्यक पौष्टिक भोजन, व्यायम तथा विश्रामको उचित व्यवस्था भएको अवस्थामा मात्र शारीरिक विकास सम्भव हुने गर्दछ ।

भनिन्छ, डेढ वर्षको शिशुले कसलाई विश्वास गर्ने कसलाई नगर्ने थाहा   पाइसकेको हुन्छ । ३ वर्षमा  त इज्जत गरे नगरेको थाह पाउँछ । त्यसैले भावनात्मक विकासका लागि म सुरक्षित छु, मेरो रक्षाका लागि मेरा अभिभावक सम्पूर्ण रूपमा समर्पित हुनुहुन्छ भन्ने विश्वास जगाइ दिनुपर्दछ ।

समयअनुरूप हामी परिवर्तन हुन सकेनौँ भने कसैले हामीलाई पर्खेर बसिरहँदैन । परिवर्तनको शुभारम्भ सकारात्मक विचारबाट मात्र सम्भव हुनेछ किनभने विचार कर्मको बीज हो ।त्यसैले सकारात्मक सोचौँ, मीठो बोलौँ, कम बोलौँ र मधुर बोलौँ । सन्तानलाई  आफुले चाहेको बाटोमा हिँड्न दबाब  दिने काम बन्द गर्रों । यो नै सम्पूर्ण समस्याको निदानको उपाय हुनसक्छ ।

निष्कर्षमा बालबालिकाका लागि प्रत्येक घर मन्दिर जस्तै बन्नुपर्दछ । प्रत्येक परिवारको सदस्य घुमिरहने मन्दिरका पुजारीजस्तै बन्नुपर्दछ । आमा भनेको उच्चस्तरको मूल पुजारीजस्तै हुनुपर्दछ । घरभित्रको ज्योति भनेको आपसी सम्मान, माया, ममता हो ।  परिवारमा विश्वास भनेको बत्ती ९सलेदो० भयो भने मात्रै खुसी र सुखी परिवार हुनसक्छ ।

  त्यसैले अभिभावकले आ–आफ्नै स्थानमा रहेर आपूmले गर्नुपर्ने जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गरौँ । बच्चाको भविष्य निमार्ण गर्न  अभिभावक र वच्चाका सपना एउटै हुनुपर्छ । युनिक बन्न अवश्य पनि समय लाग्छ ।  समय हजुरबा आमाको हातबाट  फुत्किएर न्युक्लियर फेमिलीतिर प्रवेश हुदै छ । अब  अभिभावकले बच्चालाई समय दिनैपर्छ । साथी बन्नै पर्छ ।  सन्तान सम्पत्तिले  बन्दैनन् । सन्तान सस्ंकारले बन्छन् । आजका  सन्तानले बाआमासित समय र संस्कार  मागेका छन् ।

आफ्नो जिम्मेवारीलाई महशुस गरौँ । एकअर्कामा दोषारोपण गर्नु समस्याको मुलतः समाधान होइन । फगत समयको बर्बादी मात्र हो ।

Thuprai - Books and E-books