After SEE Portal

नेपालमा कति सुरक्षित महिला !

Bridge Course

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्य कार्यान्वयन निकाय रहेको लैंगिक हिंसामा परेकाहरूको व्यवस्थापन गर्न सञ्चालित अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० मा आर्थिक वर्ष २०७८–७९ मा ११ हजार ४६ जनाले सेवा लिएका छन् । जसमध्ये १० हजार ४९१ जना महिला र ५२८ जना पुरुष र २७ जना लैंगिक तथा यौनिक अल्पसंख्यक रहेको मन्त्रालयले जानकारी दियो ।  मन्त्रालयका अनुसार, १० वर्ष मुनिका ४६४,  १० देखि १८ वर्ष उमेर समूहका २ हजार ३११, १९ देखि ४९ वर्ष उमेर समूहका ७ हजार १४४, ५० वर्ष माथिका ८४५ जना हिंसामा परेका छन् ।

हाल ९४ ओटा अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा छन् । काठमाडौंमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान/ वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमो यो सेवा सञ्चालनमा  छन् ।

कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की ‘फोकल पर्सन’ पुष्पा घिमिरेका अनुसार अनलाइन गेम,  बालबालिका बुबा, हजुरबुबा, छिमेकी, शिक्षक र आफन्तबाटै यौन हिंसामा पर्ने गरेको छन् ।

काठमाडौं मनोहरा  छेवैको एक विद्यालयका प्रधानाध्यापकबाट तीन जना छात्राहरू पीडित भएको अर्को घटना ओसीएमसीमार्फत् खुल्न आएको छ । उक्त  विद्यालयका प्रधानाध्यापकले कक्षा ८ र ९ मा पढ्ने छात्राहरूसँग यौनजन्य कुरा गर्ने, संवेदनशील अंगहरूमा छुने गरेको ओएमसीमा बताएका छन् ।

ती विद्यालयका प्रधानाध्यापकले ‘तेरो ब्वाइफ्रेण्ड छ, उसँग त के९के गर्छेस्’ भन्दै सोध्ने, सेक्समा रुचि छ कि छैन भन्ने गरेको पीडित किशोरीहरूले बताएका छन् । ती प्रधानाध्यापकले ती तीन जना छात्रासँग मात्रै होइन, ८ र ९ कक्षामै पढ्ने अरू धेरै छात्रालाई समेत हिंसा गर्दै आएको किशोरीहरूले उपचारका क्रममा  बताएकाछन् ।

छात्राहरूले त्यो विषय बाहिर ल्याएपछि प्रहरीले ती प्रधानाध्यापकलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएको छ । अहिले ती तीन छात्राहरूलाई संकट व्यवस्थापन केन्द्रले परामर्श दिंदै आएको छ ।

काठमाडौंको एउटा निजी स्कुलमा पढ्ने १४ वर्षीया विद्यार्थीलाई कुनै रोगको उपचार गर्न भनेर उनका अभिभावकले कान्ति बाल अस्पतालमा नियमित जसो लान्थ्यो । गत भदौमा ती किशोरीले चिकित्सकसँग कुराकानी गर्ने क्रममा ‘हाम्रो स्कुलमा सरले यस्तो गर्नुहुन्छ’ भन्दै विद्यालयमा भएको यौनजन्य हिंसाका बारेमा कुरा खोलिन् ।

‘त्यतिबेला घटना भएको दुई महिना भइसकेको रहेछ, त्यसपछि अस्पतालले एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठायो’, केन्द्रकी फोकल पर्सन घिमिरेले भनिन् । जब कुराहरू खोतलिंदै गयो, तब उनकै अभिभावकले नै विद्यालय र शिक्षकको बचाउ गर्दै घटना अगाडि नबढाउन दबाब दिए ।

A Levels MA
Thuprai - Books and E-books