कहिलेसम्म बोरामा !

नेपालमा तीन तहको सरकार छ । तीनै तहको सरकारले शिक्षा क्षेत्रमा आ–आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । तथापि, प्रदेश २ को शिक्षा विकासका लागि कुनै सरकारले प्रभावकारी काम गरेकी गरेनन् त्यसको अवलोकन गर्न रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ स्थित श्री माध्यमिक विद्यालयमा पुगे स्पष्ट देख्न सकिन्छ ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि १० सम्म पढाइ हुन्छ । अहिले सो विद्यालयमा ७४८ जना बालबालिका अध्ययनरत रहेको विद्यालयले जानकारी दियो । विद्यालयका अनुसार कक्षा १ देखि ६ सम्म अध्ययन गर्ने ४७२ जना विद्यार्थी बस्नका लागि अहिलेसम्म डेक्स बेन्चको व्यवस्थापन गर्न विद्यालयले सकेको छैन । विद्यालयमा बस्ने डेक्सबेन्च नहुँदा कक्षा १ का ४६, कक्षा २ का ७०, कक्षा ३ का ५७, कक्षा ४ का ९१, कक्षा ५ का ७८ जना र कक्षा ६ का १३० जना बालबालिका बोरामा बसेर पढ्न बाध्य भएका छन् । ती बालबालिकाका लागि विद्यालयले बोराको सम्म व्यवस्था गर्न नसकेपछि सबै बालबालिका घरैबाट बोरा बोकेर ल्याउन बाध्य भएका छन् ।

साक्षरताको हिसाबले सबैभन्दा कम साक्षर भएको मधेश प्रदेशमा पर्ने सो जिल्लाको साक्षरता प्रतिशत ४१.६९ मात्र छ ।

 विद्यालयले आफ्नो समस्या पटकपटक स्थानीय सरकार लगायतका सम्पूर्ण निकायमा रिपोर्ट गरिएको भएपनि कतैबाट सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक बुनिलाल यादव बताउँछन् । ‘स्थानीय सरकार प्रमुख लगायत सबै विभागीय प्रमुखसंग विद्यालयको समस्या राखे पनि कतैबाट अहिले सम्म सुनुवाइ हुन सकेको छैन ।’ उनले दुखेसो पोख्दै भने, ‘गुणस्तर सुधार, पूर्वाधार विकासका लागि सरकारले विभिन्न श्रीर्षकमा कार्यक्रम ल्याएको भए पनि हाम्रो समस्याको जड कसैले सम्बोधन गरेन ।’

वडा अध्यक्ष अनिरुद्रप्रसाद यादवले विद्यालयको समस्याको बारेमा नगरपालिकासंग पटक पटक छलफल गरेको भए पनि अर्को आर्थिक वर्षसम्मयसको सम्बोधनगर्न नसकिने बताए । ‘गरपालिकासँग विद्यालयमाफर्निचर आवश्यक भएको विषयमा पटक पटक छलफल भएको छ आगामी आर्थिक वर्षमा मात्र पर्निचर व्यवस्थापनका लागि बजेट व्यवस्थापन हुन्छ ।’ उनले भने, ‘ गत आर्थिक वर्षमा मात्र नगरपालिकाले १० कोठे भवन निर्माण गरेको हो, भवन निर्माण गरे पनि आश्यक फर्निचरका लागि बजेट नपुगेको हुन्दा विद्यालयमा समस्या देखिएको हो यो समस्या अर्को शैक्षिक सत्रमा सम्बोधन हुन्छ ।’

Thuprai - Books and E-books