After SEE Portal

हिस्टुनले शिक्षक पदपुर्तिका विरुद्धमा कानुनी उपचार खोज्ने

Bridge Course

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रिय समितिले शिक्षक पदपुर्तिका विरुद्धमा कानुनी उपचार खोज्ने भएको छ ।

साविक उमावि (कक्षा ११–१२) तहमा कार्यरत शिक्षकहरूको पेसागत साझा संगठन हिस्टुनको हिजोको बैठकले पेसागत सुरक्षाका लागि आन्दोलन गर्नैपर्ने ठहर गरेको हो ।

साविक उमावि शिक्षकको पेशागत सुरक्षा र स्थायित्व नभइरहेको अवस्थामा शिक्षक सेवा आयोगबाट भइरहेको विद्यालयको प्रावि, निमावि र मावि (कक्षा १० सम्म) शिक्षकहरुको पदपूर्ति विज्ञापनको विरुद्धमा तत्काल कानुनी उपचार खोज्ने निर्णय गरेको हिस्टुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेके छ ।

हिस्टुनको सो बैठकले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ । हिस्टुनले असार १७ गते शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा आफ्ना मागहरु राख्दै देशभरका शिक्षकहरुले प्लेकार्डसहित घेराउ गर्ने । साथै पुनः ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

हिस्टुनले थप दवाव सृजना गर्न असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य नगर्न र नगराउन राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरलाई आवश्यक सहयोगका लागि पत्राचार गर्ने । यदि उत्तरपुस्तिका परीक्षण कार्य स्थगित नगरेमा यसबाट उत्पन्न असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर र नेपाल सरकार हुने विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यसैगरी असार १८ गते माइतीघर मण्डलामा देशभरका शिक्षकले प्लेकार्डसहित दिनको १ बजेदेखि ३ बजेसम्म प्रर्दशन गर्ने घोषणा गरेको छ ।

।नेपालको संविधान २०७२ ले निःशुल्क माध्यमिक शिक्षाको व्यवस्था गरेकोले देशभर सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा कुनै पनि शुल्क उठाउन तत्काल बन्द गरिनुपर्ने । सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा यसै वर्षदेखि देशभरका विद्यार्थी एवम् अभिभावकहरुलाई मासिक रुपमा कुनै पनि शुल्क नतिर्न आव्हान गर्ने साथै हिस्टुनले विद्यालयहरुलाई शुल्क नलिन दबाब सिर्जना गर्ने विज्ञप्तिमा भनेको छ ।

 

 

A Levels MA