After SEE Portal

उच्च प्रतिस्पर्धा, शिक्षक बन्न ५० अङ्क ल्याउनुपर्ने

Bridge Course

काठमाडौं, शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब परीक्षार्थीले ५० अंक ल्याउनुपर्ने भएको छ । यस अघिका परीक्षाहरुमा  ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो ।

                                    

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक परिवर्तन गरेको बताए ।

शिक्षक प्रतिस्पर्धा बढाउन, योग्य र सक्षम शिक्षकको छनोट गर्न उत्तीर्ण अङ्क पनि परिवर्तन गरिएको छ । शनिवार दोस्रो अन्तर्रा्ष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षक पदका लागि लिइने लिखित परीक्षा अब दुई सय पूर्णाँकको हुने र एक सय पूर्णांकको को सामान्य परीक्षा उत्तीर्ण गरेपछिमात्र अर्को एक सय पूर्णांकको विषयगत परीक्षा लिइने बताए ।

 पहिले एउटामात्र प्रश्नपत्रको परीक्षा लिईन्थ्यो जसमा चालिस अङ्क लिइएको लाई उत्तिर्ण गरिन्थ्यो यसले गर्दा सक्षम शिक्षक प्राप्त हुन सकेन । त्यसैले परिवर्तन गरीएको हो ।

अबकोे परीक्षामा, सामान्य परीक्षामा ५० अंक ल्याउने मात्रै उत्तीर्ण हुने र उत्तीर्ण भएपछि मात्रै दोस्रो विषयगत परीक्षामा सहभागी हुन पाउने पोखरेलको भनाइ थियो । 

‘अब परीक्षा पनि दुईथरीको हुनेछ भने उत्तीर्णांक पनि बढेको छ । यसले उच्च प्रतिस्पर्धा, बढाइ योग्य र सक्षम शिक्षकहरु छनोट हुन मद्दत मिल्नेछ ।’– मन्त्री पोखरेलले भने ।

यसैगरी, शिक्षक परीक्षामा पहिलो वस्तुगत प्रश्नको उत्तरपुस्तिका ओएमआर मेसिनले परिक्षण गर्ने, अन्तवार्तामा अनुभवका लागि बढीमा १० अंक प्रदान गरिने, न्यूनतम शैक्षिक योग्यताका लागि उत्तीर्ण श्रेणीका आधारमा ३ अंक दिइने पोखरेलले जानकारी दिए ।

A Levels MA