TU CMAT

इडियुसञ्जाल महिनाको व्यक्तित्वद्वारा हेरम्बराज कँडेल सम्मानित

CMAT
इडियुसञ्जालले महिना व्यक्तित्व घोषणा कार्यक्रमको थालनी गरेको छ । जनवरी २०२१ देखि शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति मध्ये एक जनालाई प्रत्येक महिना सम्मना गर्ने भएको छ ।  
शिक्षक, नीतिनिर्माता वा शिक्षासँग सम्बन्धित अन्य व्यक्तित्वहरूको कार्य मूल्याङ्कन गरी शिक्षामा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई सो सम्मान दिइने इडियुसञ्जालका प्रमुख वित्त अधिकारी तथा सम्मान कार्यक्रमका संयोजक राजन कोइरालाले बताए। 
सञ्जालले पहिलो महिना व्यक्तित्वका रुपमा काठमाडौँ, त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेललाई सम्मान गरेको छ ।

सञ्जालले पहिलो महिना व्यक्तित्वका रुपमा काठमाडौँ, त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेललाई सम्मान गरेको छ । वि.सं. २०७२ देखि विश्व निकेतन माविमा प्रधानाध्यापकको पद सम्हाल्दै आएका कँडेललाई कोरोना कहरको बेला विद्यालयको कुशल व्यवस्थापन र नेतृत्वदायी भूमिका निर्वाह गरेकोले जनवरी २०२१ को महिनाको व्यक्तित्व  घोषित गरिएको हो।

बेनिघाट-८, धादिङ्गमा जन्मिएका कँडेल वि.स. २०५१ देखि सोही विद्यालयमा अध्यापन गर्दै आएका छन् । उनी अन्य विद्यालय, क्याम्पस र विभिन्न शिक्षासम्बन्धी संस्थामा आवद्ध छन्। हरेक दिन बिहान ७ बजे विद्यालय प्रवेश गरिसक्ने उनी करिब १२ घण्टा विद्यालयमै गुणस्तर सुधार, कर्मचारीको उचित व्यवस्थापन र भेटघाटमा बिताउने गरेको बताउँछन्। 

एउटा सामुदायिक विद्यालयमा कोरोना प्रकोपको समय र लकडाउन हुने बित्तिकै अनलाइन शिक्षाको थालनी गर्नु, दसैं बिदा अगावै दुइवटा परीक्षा सञ्चालन गर्नु, ८० प्रतिशतभन्दा बढी विद्यार्थीलाई अनलाइन कक्षामा उपस्थित गराउनु र उपस्थित हुन नसक्नेलाई सामाजिक दूरी अपनाएर विद्यालयमा पठनपाठन गराउनु जस्ता चुनौतिपूर्ण काममा सहजताका साथ कुशल नेतृत्व प्रस्तुत गरेकोमा कँडेललाई सम्मानित गरिएको प्रमुख कोइरालाले बताए ।

विश्व निकेतन माध्यामिक विद्यालयको प्रधानाध्यापक कार्यकक्षमा सञ्चालक समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, र अन्य व्यक्तित्वबीच सम्मान कार्यक्रमका संयोजक कोइरालाले कँडेललाई सम्मानपत्र र चिनो हस्तान्तरण गरेका छन्। 

"यस्तो कार्यक्रमले शिक्षा क्षेत्रमा लागेकाहरुलाई थप प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले हामीले यो सम्मानको थालनी गरेका हौ," इडियुसञ्जालका प्रमुख कार्यकारी अधिकृत बिदुर आचार्यले भने, "यो वर्षभरी उत्कृष्ट १२ जनालाई सम्मान गर्नेछौँ र आगामी वर्षमा पनि यसको निरन्तरता जारी रहनेछ ।"

पहिलो सम्मान कार्यक्रम भएकोले गएको शैक्षिक सत्रलाई आधार मानेर निर्णायक मण्डलले कँडेललाई सम्मानको लागि सिफारिस गरेको थियो। आउँदो महिनादेखि इडियुसञ्जालका पाठक, शिक्षाविद् तथा अन्य व्यक्तिले सम्मानको लागि मनोनयन समेत गर्न पाउनेछन्। मनोनित व्यक्तिको कार्यमूल्याङ्कन र निर्णायकहरुको मतअनुसार सम्मानको नतिजा वेवसाइट र सामाजिक सञ्जालमार्फत प्रकासन गरिने संयोजक कोइरालाले बताए ।

Managed Admission 2022
I Tech store
Masters Portal