After SEE Portal

बाँस बेचेर विद्यालयलाई सहयोग

Bridge Course

कञ्चनपुर, २३ भदौ (रासस) ः कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ । सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झण्डै पाँच हजार बढी बाँसका बिरुवा रोपेर हुर्काएको छ । 

रोपिएका बाँस बेचेर सामुदायिक वनले वार्षिक रुपमा रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दैआएको छ । बाँस बेचेर आएको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलब, विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणका लागि खर्चदै आएको छ । 
बालकल्याण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र उदय सरस्वती माध्यमिक विद्यालयलाई यसवर्ष रु ५० हजारका दरले रकम उपलब्ध गराइएको सामुदायिक वनका सचिव शालिकराम चौधरीले बताउनुभयो । 

छ वर्षदेखि सामुदायिक वनले बाँस बेच्दै आएको छ । “प्रतिवर्ष बाँस बिक्रीबाट आएको रकम विद्यालयकै विकासका लागि खर्चेका छौंँ” सचिव चौधरीले भन्नुभयो, “सामुदायिक वनबाट फर्निचर निर्माण गर्न बाँस बिक्री हुने गरेको छ ।” 

A Levels MA