After SEE Portal

प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक

Bridge Course

बूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ ।

नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको कार्यसम्पादन मूल्याङ्कन असार गतेदेखि सुरु गरेर १९ गते भित्र सम्मपन्न गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

नगरपालिकाबाट २०७८पुस १८ गते सम्पन्न २६ बुँदे कार्य सम्पादन करारको मूल्यांकन अनुसार सञ्चालन गरिने भएकाले उक्त निर्धारित मिति र समयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, वडा समितिका प्रतिनिधि, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको प्रतिनिधित्व गराउन पालिकाले विद्यालयलाई पत्राचार गरेको छ ।

मूल्यांकनको समयमा उपलब्ध हुने गरी कार्यसम्पादन करार नाममा उल्लिखित सूचकहरुसम्बद्ध योजना, निर्णय प्रतिलिपि, कार्यसम्पादन सम्पन्न प्रतिवेदन लगायतका प्रमाणहरु संकलित स्वरुपमा राख्न समेत प्रधानाध्यापकलाई सूचित गरेको छ ।

यस विषयमा पालिकाको शिक्षा शाखासंग विस्तृत बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

A Levels MA
Thuprai - Books and E-books