तीन लाख रुपियाँ घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउ

Thuprai - Books and E-books

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपियाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई  जनालाई पक्राउ गरेको छ ।आयोगले बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा  रहेका छन् ।  उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।