After SEE Portal

सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)

Bridge Course

भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक नियुक्त गरेको छ । सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापवक नियुक्त गरेको हो ।

नगरपालिकाले गत फागुन २६ गते आव्हान गरेको खुला विज्ञापनमा नगरपालिका भित्र कार्यरत ३९ जना शिक्षकले आवेदन दिएका थिए । २९ सामुदायिक विद्यालय मध्ये प्राप्तांकका आधारमा उच्च अंक प्राप्त गर्ने शिक्षकलाई नगरपालिकाले प्रधनाध्यापक नियुक्त गरेको छ । नगरपालिकाले गत फागुन २६ गते सूचना पककशित गरी मामिलामा आधारित विद्यालय विकास प्रस्ताव माथिको प्रस्तुतीकरण र छलफल तथा प्रश्नोत्तरका लागि वैशाख ७ र ८ गते मिति तोकेको थियो । सोही मितिमा निर्धारित मूल्याङ्कन गरी ८ गते नै प्रधानाध्यापक नियुक्तिका लागि सिफारिस गरेको हो ।

छनोट समितिले लिएको योग्यता, क्षमता, विद्यालय विकास प्रस्ताव, प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट छनोट गरेका २९ जना शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।कार्यविधिको दफा ९ मा प्रधानाध्यापक छनोट समितिमा प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको चार सदस्यीय समिति हुने व्यवस्था छ । सो समितिमा निर्देशक, आर्थिक तथा सामाजिक विकास महाशाखा, सामाजिक विकास समिति संयोजक, प्रशासन शाखा प्रमुख सदस्य रहेने व्यवस्था छ भने वरिष्ठ विद्यालय निरीक्षक सदस्य सचिव हुने व्यवस्था गरेको छ ।

कुल १०० पूर्णाङ्कमा शिक्षकको मूल्याङ्कन गरिने कार्यविधिमा उल्लेख छ । मूल्याङ्कनको आधार तथा मापदण्डमा खण्ड ‘क’ मा शैक्षिक योग्यता, ज्येष्ठता, तालिम र अध्यापन नतिजा वापत कूल ३० अङ्क, त्यसैगरी खण्ड ‘ख’ मा विद्यालय विकास प्रस्ताव सम्बन्धी  मूल्याङ्कन अङ्क ३० र खण्ड ‘ग’ मा प्रस्ताव प्रस्ताव  प्रस्तुतीकरण र छलफल  अङ्क २० र खण्ड–घ अन्तर्वार्ता  मूल्याङ्कन कूल अङ्क २० प्रदान गरिने मूल्याङ्कन मापदण्ड निर्धारण गरेको छ ।

प्रधानाध्यापकको पदावधि नियुक्त भएको मितिले पाँच वर्षको हुने कार्यविधिले व्यवस्था गरेको छ । पहिलो पटक प्रधानाध्यापक पदमा करार सम्झौता गरेको मितिले एक वर्षसम्म निजको परीक्षणकाल रहने, निजको कार्यसम्पादन करारको आधारमा पहिलो वर्ष परीक्षणकालको मूल्याङ्कन, तेस्रो वर्ष मध्यावधि मूल्याङ्कन र पाँचौँ वर्षको अन्त्यमा अन्तिम मूल्याङ्कन गरिने उल्लेख छ । मूल्याङ्कनमा प्रधनाध्यापकको कार्यसम्पादन सन्तोषजनक देखिएमा पुनः सो पदमा पाँच वर्षको लागि एक पटक करार अवधि थप गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।

यी हुन् सूर्यविनायकका नयाँ प्रधानाध्यापक

सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९

A Levels MA
Thuprai - Books and E-books