After SEE Portal

हस्तलिखित त्यो प्रमाणपत्र

Bridge Course

“शिक्षक शिक्षण केन्द्रमा चाँडै नै एक वर्षीय शिक्षण व्यावसायिक कोर्ष (बीएड डिग्री) प्राप्त हुने सुरु गरिने भएको छ, त्यसमा पढ्न चाहने उम्मेदवारहरुले सात दिनभित्र दरखास्त दिई आठौँ दिनमा अन्तरवार्ताको लागि आउनुहोला” २०१३ सालमा छापिएको विज्ञापन । गोरखापत्रमा छापिएको थियो यो विज्ञापन । मासिक भत्ता मोरु ६५ पनि दिइनेछ भनेर आकर्षण पनि दिइएको थियो । २०१३ साल भदौ २५ गते स्थापना भएको शिक्षक प्रशिक्षण महाविद्यालयको विज्ञापन थियो यो । 

नेपालमा बीएड कार्यक्रमको थालनी त्यसै वर्षबाट भयो । मीनभवनस्थित राष्ट्रिय शिक्षक शिक्षण केन्द्रमा महाविद्यालय रहेको थियो । असोज १ गते लाजिम्पाटस्थित चेतभवनमा महाविद्यालयलाई सारियो । चेतभवनमा सरेपछि महाविद्यालयको नाम परिवर्तन गरी कलेज अफ एजुकेसन राखियो । त्यो दरबार जुद्धशमशेरका छोरा कर्णेल चेतशमशेरको थियो । कलेजका प्रिन्सिपल थिए त्रैलोक्यनाथ उप्रेती । त्यो भवन भाडामा लिइएको थियो । अहिले त्यसै भवन भएको स्थानमा होटेल ¥याडिसन छ ।

चेतभवनमा कक्षाकोठा तयार गरियो । दरबार तीन तले थियो । माथिल्लो तलामा प्रशासनिक कोठा राखियो । शिक्षाशास्त्रका विद्यार्थीलाई अभ्यास गराउने भनी डेमोन्स्ट्रेसन स्कुल स्थापना गरियो । स्कुलमा कक्षा १ देखि १० सम्म सञ्चालन गरिन्थ्यो । त्यो स्कुलको नाम ल्याबोरेटरी स्कुल भनी नामकरण गरियो । स्कुलको पहिलो प्रिन्सिपल हेमचन्द्र श्रेष्ठलाई बनाइयो । कलेज अफ एजुकेसनले शिक्षाशास्त्र अध्ययनका लागि फेरी विज्ञापन आह्वान ग¥यो ।

त्रिचन्द्र कलेजका विद्यार्थी थिए– नरोत्तम शर्मा । त्यो विज्ञापनले उनलाई पनि शिक्षाशास्त्र विषय पढ्न आकर्षण ग¥यो । भर्ना भए । त्यसबखतको दृश्य उनले यसरी स्मरण गरे, “चेतभवनको बाहिर टहरो बनाएर ल्याब स्कुल तयार गरिएको थियो ।”

म्याट्रिक उत्तीर्णलाई चार वर्षमा, इन्टरमिडियट उत्तीर्णलाई तीन वर्षमा र बीए उत्तीर्णलाई एक वर्षमा बीएडको उपाधि प्रदान गर्ने गरी कार्यक्रम तर्जुमा भयो । “विषय नयाँ थियो” पहिलो मध्येका विद्यार्थी नरोत्तमले भने, “आकर्षण थियो, त्यसैले त्रिचन्द्र कलेजमा प्रमाणपत्र र स्नातक तहमा पढ्दै गरेका विद्यार्थीहरु पनि भर्ना भए ।”

बीएड चार वर्षेमा डेढ सय जतिले भर्ना पाए । एक वर्षे बीएडमा १६ जनालाई भर्ना लिइयो । कलेज अफ एजुकेसनलाई अमेरिकी सरकारले तीनवटा स्कुल बस उपलब्ध गराएको थियो । विद्यार्थीले पहिलोपटक बस चढेर स्कुल जान पाउने भए । त्यसले पनि विद्यार्थीको आकर्षण बढ्ने नै भयो ।

काठमाडौँ धोबीचौरका शरद शर्मा त्यस बखत आफू पनि सोही बसमा हुइँकिएर स्कुल जाने गरेको स्मरण गर्छन् । उबेला नै स्कुल बस सुन्तला रङ्गका थिए । सुन्तला रङ्गका स्कुल बस त्यो बेला नै भित्रिसकेका थिए । विद्यार्थीहरुबाट बस भाडावापत मासिक १० रुपियाँ र खाजावापत पाँच रुपियाँ लिइन्थ्यो । विद्यार्थी ओसार्न बस ललितपुर र भक्तपुर पनि पुग्थ्यो । अमेरिकी सरकारको सहयोग रहेकैले कलेज अफ एजुकेसन समृद्ध पनि थियो । घर भाडा पनि उसैले तिरिदिन्थ्यो । चार वर्षे बीएडमा भर्ना भएवापत ६६० रुपियाँ र एक वर्षे बीएडमा भर्ना भएवापत ७४० रुपियाँ प्रतिवर्ष छात्रवृत्ति रकम कलेजले उपलब्ध गराउँथ्यो । छात्रवृत्तिमा पढ्ने विद्यार्थीले सरकारले खटाएको स्थानमा अनिवार्यरुपमा पाँच वर्ष अध्यापन गर्नैपर्ने व्यवस्था रहेको नरोत्तम सुनाउँछन् । 

“शिक्षाशास्त्रका हामी विद्यार्थीलाई ल्याबोरेटोरी स्कुलमा एक महिनासम्म शिक्षण अभ्यास गर्नुपथ्र्याे” उनले थपे, “दिनमा कम्तीमा दुईवटा कक्षा लिनुपथ्र्याे ।”नियम कडा थियो । शिक्षण योजना बनाएरमात्र शिक्षकहरुलाई कक्षाकोठाभित्र प्रवेश गर्न दिइन्थ्यो । विहान १० देखि साँझ ५ बजेसम्म कलेजमा बसेर अध्ययन गर्नैपथ्र्याे । 

कलेजमा पढेको एक वर्ष बित्न लाग्यो । शिक्षाशास्त्रका विद्यार्थीहरुमा शङ्का उत्पन्न हुन थाल्यो । उनीहरुको शङ्का प्रमाणपत्रको मान्यताप्रति नै थियो । सङ्घर्ष समिति नै गठन भयो । कलेजका प्रिन्सिपल त्रैलोक्यनाथ उप्रेतीले विश्वविद्यालय स्थापना भएपछि सोही विश्वविद्यालयका नाममा प्रमाणपत्र जारी गरिने प्रतिवद्धता व्यक्त गरेपछि सङ्घर्षले विश्राम लियो । एक वर्षे बीएडमा परीक्षा अगाडिसम्म पाँच जनामात्र विद्यार्थी बाँकी थिए । परीक्षा आउनेबेला प्रमाणपत्रकै मान्यताको भयले चार जनाले पनि छाडे । राजेन्द्रकुमार रंगोंगमात्र एक्ला विद्यार्थी । सुरुमा उनले क्रिस्चियन भएका कारण भर्ना पाएका थिएनन् तर तत्कालीन राजा महेन्द्रसमक्ष बिन्ती चढाएपछि बल्ल आफूले भर्ना पाउन सकेको कुरा उनले यो लेखकलाई तीन वर्षअघि सुनाएका थिए । झण्डै दुई वर्षअघि उनको निधन भएको थियो । 

त्यो बेला नै परीक्षाको मूल्याङ्कन विधि अक्षराङ्कन पद्धति लागू गरिएको थियो । रंगोंगले ३.७१ जीपीए ल्याए । २०१४ साल चैत २२ गते दीक्षान्त समारोहको आयोजना गरियो । विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरियो । तत्कालीन परराष्ट्र सचिव नरेन्द्रमणि दीक्षितलाई प्रमुख अतिथि बनाइयो । उनले ‘द फस्ट हार्वेष्ट्री’ भन्ने शीर्षकमा भाषण दिए । एक्ला उत्तीर्ण विद्यार्थी रंगोंगलाई प्रमाणपत्र प्रदान गरियो । नेपालमा यो नै पहिलो दीक्षान्त समारोह थियो । तत्कालीन राजा महेन्द्रसँग पनि शुभकामना माग गरिएको थियो ।  दरबारबाट शुभकामना पठाइएको थियो । त्यसलाई दीक्षान्त समारोहमा वाचन गरिएको थियो । रंगोगलाई दिइएको प्रमाणपत्र हस्तलिखित थियो । 

अमेरिकीहरुले भारतको दिल्ली विश्वविद्यालयसँग कुरा गरिदिएपछि रंगोंग दिल्ली पुगे र एमएडमा भर्ना पाए । उनलाई मासिक १५० रुपियाँ छात्रवृत्ति दिइन्थ्यो । त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि कलेज अफ एजुकेसन त्रिविमा गाभियो । “कलेज अफ एजुकेसनले जारी गरेका प्रमाणपत्रको सट्टामा त्रिविले अर्काे नयाँ प्रमाणपत्र दियो” कलेज अफ एजुकेसनका आईएडका पहिलो विद्यार्थी नरोत्तम शर्माले भने । त्रिवि स्थापना भएपछि २०१७ साल चैत ९ गते त्रिविको पहिलो दीक्षान्त समारोहको आयोजना गरियो । सो समारोहमा तत्कालीन राजा महेन्द्र, तत्कालीन अधिराजकुमार हिमालय, मन्त्रीहरु लगायतको उपस्थिति थियो भने कुलपतिका हैसियतले अधिराजकुमार हिमालयले भाषण गरे ।

अमेरिकी सहयोगमा भवन निर्माण गरी ल्याबोरेटोरी स्कुललाई सन् १९७१ मा कीर्तिपुरमै सारियो । त्यहाँ सरेपछि पहिलो प्रिन्सिपल राजेन्द्रकुमार रंगोंगलाई बनाइयो । नयाँ शिक्षा लागू भएपछि डा. पन्नालाल प्रधान शिक्षाशास्त्रका डिन हुनु भएका बेला ल्याबोरेटोरी स्कुललाई त्रिविबाट अलग गराइयो । 

A Levels MA
Thuprai - Books and E-books