After SEE Portal

राष्ट्रिय प्याब्सनको अध्यक्षमा हमाल

Bridge Course

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को सातौँ महाधिवेशनले सर्वसम्मतका आधारमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बाँकेको नेपालगञ्जमा आयोजित महाधिवेशनले पाण्डव हमाल ठकुरीलाई अध्यक्ष र सुवास न्यौपानेलाई सहअध्यक्ष चयन गरेको छ । तीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् । सुरुको डेढ वर्ष हमालले र त्यसपछिको डेढ वर्ष न्यौपानेले नेतृत्व सम्हाल्ने र आगामी आठौँ महाधिवेशन न्यौपानेले आयोजना गर्ने सहमति भएको छ ।

राष्ट्रिय प्याब्सनको खुला उपाध्यक्षमा प्रवोधप्रभाकर रिजाल, यामबहादुर खड्का र शम्भू अधिकारी छनोट भएका छन् भने बाग्मती उपाध्यक्षमा डम्बर कार्की, कर्णाली उपाध्यक्षमा कमलबहादुर सिंह, प्रदेश १ उपाध्यक्षमा जयबहादुर श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा श्यामसिंह मौनी, लुम्बिनी उपाध्यक्षमा सुवोधकुमार डाँगी, गण्डकी उपाध्यक्षमा तिलकबहादुर चौहान र मधेश प्रदेश उपाध्यक्षमा ब्रजेश मिश्र रहेका छन् । त्यस्तै महिला उपाध्यक्षमा यासिबा रहमान रहेको राष्ट्रिय प्याब्सनले जनाएको छ ।

नयाँ कार्यसमितिको महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा प्रकाशचन्द्र खड्का र कुसुम रानाभाट चयन भएका छन् । कोषाध्यक्षमा प्रतापबहादुर थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु छनोट भएका छन् ।

यसैगरी केन्द्रीय सचिवमा राजु रोकाय, सुशील भट्टराई, कृष्णकुमार उप्रेती, धर्मराज रेग्मी, कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद पराजुली, राजेन्द्रकुमार गुरुङ र राजनकुमार छाराङ रहेका छन् । कार्यसमितिमा २४ सदस्य मनोनित भएका छन् ।

 

A Levels MA
Thuprai - Books and E-books