After SEE Portal

बाल हितकारी पुरस्कार गुरुकुल शिक्षालाई

Bridge Course

काठमाडौँ, २७ भदौ (रासस): गुरुकुल शिक्षा प्रणालीमार्फत संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा अनुकरणीय योगदान पु¥याएबापत विसं २०७६ को साल्ट टे«डिङ कर्पाेरेशन बाल हितकारी पुरस्कार गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिलाई प्रदान गरिएको छ ।

साल्ट सूचना कर्पाेरेशनद्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ७५ हजार रहेको छ । बनेपामा रहेको सो विकास समितिले गुरुकुल विद्यालय स्थापना गरी संस्कृत भाषाका माध्यमबाट पठनपाठन गरिरहेको छ । विद्यालयमा हाल ४० छात्र अध्ययनत छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले साल्ट टे«डिङ कर्पाेरेशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो पुरस्कार समितिका सदस्य एवं गुरुकुल विद्यालयका संस्थापक मुकुन्दप्रसाद उपाध्यायलाई प्रदान गर्नुभयो । विद्यालयका संस्थापक उपाध्यायले भन्नुभयो, “सबै ज्ञानको जरो र गुदी वेद र संस्कृत भाषामा रहेको छ । वेदलाई विदेशीले चिने हामीले अझै चिन्न सकेनौँ । यसैले गुरुकुल विद्यालय स्थापना गरी निःशुल्क सञ्चालनमा ल्याएका हौँ ।”

यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार जीतेन्द्रकुमार साह, विमला खनाल, विष्णु केसीलाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि प्रमाणपत्रसहित रु ३० हजार रहेको छ । कार्यक्रममा ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार उमेशकुमार ओझा, सुदीपसिंह रायमाझी र सञ्जय कर्माचार्यलाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि प्रमाणपत्रसहित रु ३५ हजार रहेको छ ।

सो अवसरमा कर्पाेरेशनमा कार्यरत कर्मचारीका माध्यमिक परीक्षा उत्तीर्ण गरेका छात्र÷छात्रामध्ये अभिषेक लामिछाने र स्नेहा ज्ञवालीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

A Levels MA