After SEE Portal

विद्यार्थीले बनाए गुरु आवास

Bridge Course

लामो समयसम्म शिक्षण पेसामा आवद्ध भएका व्यक्तिहरु जीवनको उत्तरार्धमा रित्तो हात फर्कन्छन् । उनीहरुको साथमा बस्नलाई घर लगायत आधारभूत आवश्यकता परिपुर्ति गर्ने स्रोतको अभाव शिक्षकलाई हुने गरेको धेरै समाचार हामीले सुन्ने गरेका छौं । यस्तै आवस्थामा रहेका शिक्षक पशुपतिलाल कर्णलाई उनैका पूर्व विद्यार्थीहरुले गुरु आवास निर्माण गरिदिएका छन् ।

चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले रु. २४ को लागतमा सुविधायुक्त घर निर्माण गरेर हिजो हस्तान्तरण गरेका हुन् । आवास निर्माणका लागि जिन्सी ४ लाख र पूर्वाधार निर्माणका लागि अन्य खर्च गरेको समाजले जानकारी दिए ।

पूर्व विद्यार्थी समाजले ‘गुरु आवास’अभियान सञ्चालन गरेर सहपाठी तथा सहकर्मीहरुसंग रकम संकलनगरी आर्थिक स्रोत जुटाएर हिजो सरस्वती पूजाका दिन शिक्षक कर्णलाई घर हस्तान्तरण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

घरमा फर्निचर ‘वासिङ मेशिन’ लगायत सबै आधारभूत आवश्यकताका सामग्रीको व्यवस्था गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए ।

शिक्षक कर्णको बस्नका लागि घर थिएन । कङ्काली माविअगाडि शिक्षककै नाममा रहेको जग्गामा विद्यार्थीले घर निर्माण गरेका हुन् । सो घर मङ्गलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गरे । ‘शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ’, महानायक हमालले भने ।

शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिए । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भने, “विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।”

२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहेका कर्णले अवकाश लिए पनि उनलाई विद्यालयले भने छाडेन । पुनः उनलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो । 

A Levels MA
Thuprai - Books and E-books