A Levels MA

पाठ्यक्रम प्रारूप र लेटर ग्रेडिङ निर्देशिका,अनुसार ग्रेड सिट तयार गर्ने निर्देशन

पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ ।

शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार गर्दा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०७८ को परिधिमा रही गर्न निर्देशन दिएको छ र

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा अनिवार्य विषयका नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको तर ऐच्छिक विषयका हकमा पाठ्यक्रम परिमार्जनको क्रममा रहेकाले साविकबमोजिम नै गर्न निर्देश गरेको छ ।

कक्षा ९ को अनिवार्य विषयका हकमा पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखिएको लेटर ग्रेडिङ पद्धतिको कार्यान्वयनका लागि सहयोगी पुस्तिका, २०७९ मा उल्लेख भएअनुसार आन्तरिक र आवधिक (वाह्य) मूल्याङ्कनका आधारलाई पालना गर्ने निर्देश गरेको छ ।

ऐच्छिक विषयको हकमा साविकको पाठ्यक्रम नै कार्यान्वयन भइरहेकोले साविक बमोजिमकै मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने । साविकको पाठ्यभार ५ लाई पाठ्यघण्टा ४ मानी मूल्याङ्कन तथा अभिलेखीकरण गर्न निर्दे गरेको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले निर्देश गरेबमोजिम शैक्षिक सत्र २०७७ बाट विभिन्न कक्षामा चरणबद्ध रूपमा नयाँपाठ्यक्रम लागु हुनेक्रममा आगामी शैक्षिक सत्र कक्षा ९ का साधारण धारतर्फ साविकका ऐच्छिक विषयका पाठ्यक्रम र प्राविधिक तथा व्यावसायिक धारका समेत पाठ्यक्रम प्रयोग भइरहेको सन्दर्भमा विद्यार्थीको ग्रेडसिट तयार गर्दा शतप्रतिशत सैद्धान्तिक विषयको हकमा बाह्य मूल्याङ्कन तथा अभिलेखीकरण ४ पाठ्यघण्टामा गर्न निर्देशन गरेको छ ।

२५ प्रतिशत प्रयोगात्मक हुने विषयको हकमा प्रयोगात्मकका लागि पाठ्यघण्टा १ र सैद्धान्तिकका लागि ३ पाठ्यघण्टा मानी मूल्याङ्कन तथा अभिलेखीकरण गर्ने, ५० प्रतिशत प्रयोगात्मक हुने विषयका हकमा प्रयोगात्मकका लागि पाठ्यघण्टा २ र सैद्धान्तिकका लागि पाठ्यघण्टा २ मानी मूल्याङ्कन तथा अभिलेखीकरण गर्ने, कक्षा ५, ८ र १० को हकमा पुरानो पाठ्यक्रममा भएको व्यवस्थाअनुसार मूल्याङ्कन गरी लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार ग्रेडसिट तयार गर्न निर्देशन दिएको छ ।

२०८० मा कक्षा ५, ८ र १० मा प्रयोगमा आएपछि सबै कक्षामा नयाँ पाठ्यक्रम लागु भइसक्ने छ ।

 

Thuprai - Books and E-books