After SEE Portal

भेरीगंगा नगरपालिकाकाद्वारा संस्थागत विद्यालयलाई अनुदान

Bridge Course

भेरीगंगा नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयलाई ६ लाख २५ हजार नगद अनुदान दिएको छ। नगरपालिकाले कोरोनाका कारण संकटमा परेका सबै विद्यालयलाई अनुदान स्वरुप सो रकम उपलब्ध गराएको हो ।

नगरपालिकाले माविलाई ७५ हजार, आधारभूत विद्यालयलाई ५० हजार, पूर्व प्राथमिकलाई ३० हजार र मोन्टेश्वरीलाई २० हजार नगद प्रदान गरेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत गजेन्द्र कुमार जीसीले जानकारी दिए ।

नगरपालिका भित्र सञ्चालन गरिएका १६ वटै संस्थागत विद्यालयलाई तहअनुसार सो रकम उपलब्ध गराएको हो । नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले कोरोनाका बेला संस्थागत विद्यालयहरुले गरेको सहयोगको कदर गर्दै नगद अनुदान दिइएको बताए। उनले लामो समय विद्यालय बन्द हुँदा घर भाडा तिर्नसमेत समस्यामा परिरहेका संस्थागत विद्यालयका सञ्चालकहरुलाई थोरै भएपनि राहत मिल्ने उद्देश्यले सो रकम प्रदान गरिएको जानकारी दिए ।‘ 

नगरपालिकाका शिक्षा शाखाका अनुसार नगरपालिका भित्र देउती विद्या मन्दिर, छिन्चु इङ्लिस मिडियम स्कुल र सुर्खेत लिटिल फ्लावरमा माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको छ, । त्यस्तै, रामजानकी ब्राइट नेचर एकेडेमी र सिम्रिक ज्ञानकुन्जमा कक्षा आठसम्म पठनपाठन गराइँदै आएको छ । त्यस्तै, भिलेज टाउन स्कुल, जनज्योति एकेडेमी, मोर्डन एकेडेमी, गोल्डेन चान्स स्कुल, विद्यासागर एकेडेमी, मानपुस्तका स्कुल र होप एकेडेमीमा कक्षा पाँच सम्म पठनपाठन हुँदै आएको छ । छिन्चु प्याराडाइज मोन्टेश्वरी र स्वस्तिक मोन्टेश्वरीमा पूर्व प्राथमिक तहको पठनपाठन हुने गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन( भेरीगंगाका अध्यक्ष नरेश शाहीले संकटको समयमा स्थानीय सरकारबाट ठूलो सहयोग प्राप्त भएको प्रतिक्रिया दिए ।

प्याब्सन सर्खेतका अध्यक्ष बेद ढकालले कोरोनाका कारण संस्थागत विद्यालयहरु संकटमा परेको बताउँदै तीनै तहको सहयोग आवश्यक रहेको बताए। 

कक्षा पाँच सम्मको परीक्षा आज सकिँदै

भेरीगंगा नगरपालिकाभित्रका सबै विद्यालयले कक्षा पाँच सम्मको वार्षिक परीक्षा आज सम्पन्न गरेको छ । पाँच कक्षा भन्दा माथिल्लो कक्षाको परीक्षा भने अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको छ ।

 कोरोना भाईरस कोभिड १९  को नयाँ भेरियण्ट जोखिमका कारण सरकारले देशभरका शैक्षिक संस्था बन्द र सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेसंगै जिल्ला प्रशासन कार्यालय सूर्खेतले आज साझदेखि निशेधआज्ञा जारी गरिसकेको हुनाले स्थगित गरिएको शिक्षा शाखाले जानकारी दियो ।

शिक्षा शाखाका अनुसार अहिलेसम्म नगरभित्र अध्ययनरत एक जना बालबालिका पनि कोरोना संक्रमण्न देखिएको छैन तर तीन जना शिक्षकमा भने कोरोना संक्रमण देखिएको छ ।

A Levels MA
Thuprai - Books and E-books