After SEE Portal

‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल सम्पन्न

Bridge Course

ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल कार्यक्रम सम्पन्न भयो  ।

केही अगाडि एकदमै लोकप्रियता कमाउन सफल भएको “उद्यमशीलता सम्बन्धी टक सिरिज” यही  हल्ट प्राइज एट आईओई २०२०-२१को पुर्व कार्यक्रमहरू हुन् । अर्थात् यो शनिबार भएको यस्को मुख्य कार्यक्रम हो।

उक्त कार्यक्रमको फाइनलमा हामीलाई परिचय नै नचाहिने महजोडिको मदन कृष्ण श्रेष्ठ, तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, मिस नेपाल वर्ल्ड २०१८ श्रींखला खतिवडा, नेपालका पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री गणेश शाह, सामाजिक उद्यमी, कार्यकर्ता माहाविर पुन; युवामाझ एकदमै लोकप्रियता पाउन सफल भएका गायकहरू स्वप्न सुमन; र्यापर, भ्लगर र ‘गडफादर अफ नेप्हप’ भनिने गिरीस खतिवडा तथा सुदिन पोखरेल, केल्साग् श्रेष्ठ, बलिउडका गायक राहुल पाण्डे, कमेडी चेपियन सत्र १ का विजेता तथा हास्य कलाकार हिमेश पन्तको उपस्थिति थियो ।

यस्तै हल्ट प्राइजको ग्राण्ड फाइनलमा जजको रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य, वुनसल्टिग्का प्रमुख परिचालन अधिकारी तथा गुगलका पूर्व-वरिष्ठ रणनीति र अपरेशन प्रबन्धक जेरी ली, उद्यमी तथा खाना र कृषि विज्ञ ल्युक स्मिथ, उद्यमी अरिफ नेजमी, डेलोइट-संसारको सबैभन्दा ठूलो व्यावसायिक सेवाहरू रणनीति परामर्शदाता साथै युएनको दीगो विकास  लक्ष्यहरूको प्रमोटर साम बेकर, युएन, विल एण्ड मेलिन्डा गेट्स इन्टिट्युट तथा एकदमै प्रभाव पार्न सकेका यसएम साइकत, टर्ल्टर भेन्चरको संस्थापक र सीइओ साराबान टहुरा टुरिन उपस्थिति रह्यो ।

उहॅाहरूले त्रिभुवन विश्वविद्यालयका १३ वटा इन्जीनियरीयङ कलेजबाट सेमिफाइल तथा वाइल्डकार्डमा छानिएका २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनबाट शीर्ष टिमहरूको छनोट गर्नुभयो ।

यी टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश-विदेशका धेरै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत नै विशेष कार्यशालाहरू र सल्लाहकार कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले कुल मिलाएर नेपाली १२ लाखका विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन् । अन्तिममा पर्ने तीन वटा नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रिय प्रतिष्पर्धामा भाग लिन पनि पाउनेछन्।

५० भन्दा बढी मुलुकमा क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ। क्षेत्रिय प्रतिस्पर्धापछि त्वरित कार्यक्रम लन्डनमा हुनेछ र त्यसपछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ। र, यहीँ कार्यक्रममार्फत १० लाख अमेरिकी डलर रकम पाउने टोली छनोट हुनेछ।

हल्ट प्राइज एट आईओई २०२०-२१को प्लेटिनम प्रायोजक नेपाल टेलिकम तथा सुन प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लि. रहेका छन् ।

A Levels MA
Thuprai - Books and E-books