After SEE Portal

स्नातक विद्यार्थीले परीक्षा केन्द्र रोज्न पाउने

Bridge Course

त्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीले आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् ।परीक्षार्थीलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गरी त्रिविको परीक्षा नियन्त्रण कार्यालयको वेभ साईटमा तोकिएका परीक्षा केन्द्रहरु मध्येबाट पायक पर्ने जिल्ला भित्रको तोकिएको परीक्षा केन्द्र असार २२ गते भित्र छनोट गर्न दिने निर्णय  गरेपछि  विद्यार्थीले राहात महसुस गरेका हुन् । 

आगामी साउन १० गते देखि सञ्चालन हुने पहिलो वर्षको परीक्षामा विद्यार्थीलाई केन्द्र रोज्ने अधिकार त्रिवि प्रज्ञिक परिषद्को निर्णयले गरेपछि विद्यार्थीले राहात प्रदान गरेको प्रतिक्रिया दिएका छन् । प्राज्ञिक परिषद्को एक पटकको लागि विदार्थीलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गरी तोकिएका परीक्षा केन्द्रहरु मध्येबाट पायक पर्ने जिल्ला भित्रको तोकिएको परीक्षा केन्द्र छनोट गर्न दिने निर्णयले आफूहरुलाई केही राहात प्रदान गरेको बताएका हुन् ।

विगत २१ महिनादेखि भक्तपुर बहुमुखी क्याम्पसको बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत अविता न्यौपाने अब चाहिँ त्रिविले परीक्षा सञ्चालन गरेर आफूलाई स्नातक डिग्री प्रदान गर्छ कि भन्नेमा विस्वस्त भएको बताउँछिन् । उनी सूर्यविनायक नगरपालिकामा नै आफ्नो घर भए पनि राम्रो संग अनलाइन कक्षा लिन नपाएको कहिले बत्ति जाने कहिले इन्टरनेटले काम नै नगर्ने जस्त समस्याले आफ्नो पढाइ रोकिएको गुनासो गर्छिन् । यस्तो जोखिमपूर्ण कक्षालाई निरन्तरता दिनुभन्दा छिटोभन्दा छिटो परीक्षा सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने लागि रहेका बेला त्रिवि प्राज्ञिक परिषद्ले जारी गरेको सूचनाले केही राहात पुगेको सुनाउँछिन् ।

उनी जस्तै, रत्नराज्य (आरआर) क्याम्पसमा मानविकी संकाय स्नातक पहिलो वर्षमा अध्ययनरत सुशील नेपाली कोभिड १९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि लागु गरिएको निषेधाज्ञा पछि आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा पुगेका छन् । अहिले त्रिविले साउन १० गतेदेखि परीक्षा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । त्रिविले विद्यार्थीलाई पायक पर्ने केन्द्र छनोट गर्ने अवसर दिएपछि आफूलाई केही सहज भएको उनी बताउँछन् । ‘महामारीका कारण एउटै कक्षामा २१ महिना सम्म ओगटिएर बस्नु पर्यो ।’ उनले भने, ‘त्रिविले परीक्षार्थीहरुलाई कोभिड(१९ को दोस्रो लहरको प्रकोपको कारण आफू अध्ययनरत क्याम्पसको परीक्षा केन्द्रमा परीक्षामा सहभागी हुन समस्या भएकाहरुका लागि केन्द्र छनोटका लागि दिएको अवसर सह्रानीय छ, अब चाहिँ परीक्षा होला कि जस्तो लागेको छ ।’

त्रिविको हेलचेक्रयाइँका कारण आफूहरुको एक वर्ष खेर गएको विद्यार्थीको गुनासो छ । अधिकांश विद्यार्थीको अवस्था र पहुँचको आधारमा वैकल्पिक माध्यमको उपाय खोजी गरी स्वास्थ्य सुरक्षाका साथ भौतिक उपस्थितिमा परीक्षा गराउने आँट गरेको भए पनि हुन्थ्यो त्यासो गरेन अब चाहिँ कडा सुरक्षाका साथ परीक्षा सञ्चालन गरिदिए हुन्थ्यो उनले अपेक्षा व्यक्त गरे ।

जनस्वास्थ्यविद्हरूले कोभिडको तेस्रो, चौथो लहरको जोखिम आउन सक्ने खतरा रहिरकेको समयमा त्रिविले यसपटक जोखिम मोलेर परीक्षा सञ्चालन गर्न सकेन भने पुनः लामो सयम परीक्षा टरेर जाने उनीहरुको बुझाइ छ ।

शिवपुरी क्याम्पस महाराजगञ्जमा व्यवस्थापन संकायको ब्याचलर अफ बिजिनेस स्टडिज (बीबीएस) को पहिलो वर्षमा अध्ययनरत सञ्जु कुँवर जीवनको लक्ष्य नै अलमलमा परेको समयमा त्रिविले निकालेको यो केन्द्र छनोटको अधिकारले विद्यार्थीलाई राहात प्रदान गरेको बताउँछिन् ।।

‘तेस्रो वर्षको तयारी गर्नुपर्ने समयसम्म पहिलो वर्षमै अल्झिनु पर्दा उत्पन्न तनाव र अभावलाई झेल्न विद्यार्थीलाई कमहम्मे परेको होइन ।’ उनले भनिन्, ‘त्रिवि प्राज्ञिक परिषद्को यो निर्णयले केही राहात मिलेको छ तर पुनः तेस्रो लहरको सङ्क्रमण आएर रोकिने पो हो कि !’

 

त्रिविकाृे मानविकी संकाय स्नातक तह दोस्रो वर्षका परीक्षार्थीहरुको त झन एक दुई विषयको परीक्षा दिन बाँकी छँदा त्रिविले परीक्षा स्थगित गरेको थियो । निषेधाज्ञा जारी नभएको भए उनीहरुको परीक्षा वैशाख १७ गते सकिंदै थियो ।

तर कोरोना नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्‍यो । त्यसपछि उनीहरुको परीक्षा धकेलियो ।

 

अघिल्लो वर्ष त्रिविले विद्यार्थीको वैकल्पिक सिकाइमा पहुँचको विषयमा लगत स’्कलन सुरु त गर्यो तर विचैमा छाड्यो । विद्यार्थीलाई ३० दिने इन्टरनेट प्याकेज उपलब्ध गराउने घोषणा गर्यो तर उक्त सुविधा सबै विद्यार्थीले लिन सकेनन् । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी वर्षको बजेट भाषणमा स्नातक तहका विद्यार्थीलाई ल्याबटप खरिदका लागि एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेको छ । उक्त घोषणालाई कार्यान्वयन गरी सबै विद्यार्थीको पहुँचमा इन्टरनेट पुर्याएर माइक्रोसफ्टबाट शिक्षण तथा परीक्षा सञ्चालन गर्ने परिपाटी बसाल्ने हो भने जस्तासुकै विषम परिस्थितिमा पनि विद्यार्थीको शैक्षिक सत्र खेर नजाने रत्नराज्य क्याम्पसमा मानविकी संकायमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी संगम थापा बताउँछन् ।

आर्थिक सर्वेक्षण २०७७–०७८ अनुासार आर्थिकवर्ष २०७६–७७ सम्म मुलुकभित्र सञ्चालनमा रहेका विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको संख्या ५ लाख ४६ हजार पुगेको रहेको छ।

मुलुक भित्र सञ्चालित विभिन्न ११ विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रिभुवन विश्वविद्यालयमा ४ लाख १५ हजार ७७७, काठमाडौं विश्वविद्यालयमा १८ हजार ८६०। पूर्वाञ्चल विश्वविद्यालयमा ४९ हजार २६० र पोखरा विश्वविद्यालयमा ३२ हजार ५८४ रहेका छन् । त्यसैगरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ९ हजार ७३५, नेपाल संस्कृत विश्वविद्यालयमा २ हजार ६४१, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा ८ हजार ९१२, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३ हजार ३२३, खुल्ला विश्वविद्यालय १ हजार ६५९, राजर्षी जनक विश्वविद्यालयमा १७४ र लुम्विनी बौद्ध विश्वविद्यालयमा ५२६ विद्यार्थी अध्ययनरत छन्।

यसैगरी ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ हजार ८२८ जना विधार्थी अध्ययनरत रहेका छन् । कुल विद्यार्थी मध्ये त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या क्रमशः ७६ प्रतिशत र २४ प्रतिशत रहेका छन् ।

 

 

 

 

A Levels MA
Thuprai - Books and E-books