Edusanjal +2 scholarship

बैतडीमा अझै  कक्षा ७ र ९का पाठ्यपुस्तक पुगेनन्

Thuprai - Books and E-books

नयाँ शैक्षिकसत्र सुरु भइसकेको  एक महिना बढी भइ सके पनि बैतडीमा पाठ्यपुस्तक  अझै पुग्न सकेका छैनन् । जिल्लाभित्र अझै ८३ हजार पाठ्यपुस्तक आवश्यक छ । तर अहिलेसम्म करिब ५० हजार मात्र पाठ्यपुस्तक पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ ।

विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि  पाठ्यपुस्तक अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, ‘विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ ।’ 

जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए  । उनले भने,  “कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी सङ्ख्याका आधारमा आइपुगेको छैन । पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौँ ।” बैतडीमा ५४० सामुदायिक विद्यालय छन् ।