After SEE Portal

मधेशमा कक्षा १२ पढ्ने छात्राले ल्यापटप पाउने

Bridge Course

मधेश प्रदेश सरकारले कक्षा १२ अध्ययनरत छात्रालाई ल्यापटप दिने घोषणा गरेको छ ।

प्रदेश सभा सचिवालयमा आज प्रदेश प्रमुख हरिशंकर मिश्रले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने नीति सहित उनले सो घोषणा गरेका हुन् ।

त्यस्तै सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्राका लागि साइकल वितरण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । बरु आगामी आर्थिक वषएदेखि साइकल किन्ने रकम भने सिधै विद्यालयमा पठाउने नीति लिएको छ ।

मटिहानी संस्कृत विद्यालयलाई संस्कृत विषयक अन्तर्राष्ट्रिय स्तरको अध्ययन र अनुसंधान केन्द्रको रुपमा विकसित गर्न तथा मटिहानिलाई सांस्कृतिक शहरको रुपमा विकास गर्न

आवश्यक पूर्वाधार,कानूनी व्यवस्था र संस्थागत् व्यवस्था गरिने, प्रत्येक जिल्लाका एक एक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त विद्यालयहरुसँग व्यवस्थापकीय सम्झौता गरिने, आवश्यकता अनुसार भौतिक तथा समाजिक पूर्वाधार निर्माण एवम् क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नागरिकको गुणस्तरीय शिक्षाको हकलाई आत्मसात गर्दै प्रदेश भित्र रहेका विद्यालयहरुको भौतिक तथा अन्य पूर्वाधारहरुलाई क्रमिक रुपमा विकास गर्दै लाने, विद्यालय शिक्षामा नवीनतम सूचना प्रविधि तथा स्थानीय भाषाहरुको प्रयोग गरी टेली शिक्षा प्रणालीकोसुरुवात गरिने, गुणस्तरीय शिक्षाको लागि संघीय सरकार र स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिने पनि नीतिमा उल्लेख गरिएको छ ।

२४ जना शिक्षकलाई मधेश शिक्षा सेवा पुरस्कार

शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्न योगदान दिनु भएका शिक्षकहरुको कदर गर्दै वस्तुपरक आधारमा प्रत्येक वर्ष २४ जना शिक्षकहरुलाई मधेश शिक्षा सेवा पुरस्कार मार्फत सम्मान गर्ने नीतिमा उल्लेख गरिएकोछ ।

 प्रदेशभित्रका सवै विद्यालयको खानेपानी र सरसफाई स्वच्छताको लागि अनलाइन डाटावेस तयार गरिने, र सोको लागि आवश्यक पूर्वाधार निर्माणतर्फ क्रमशः कार्यान्वयन गरिने, बालविकास नीति, रणनीति तर्जुमा गरी कार्यान्वयन गरिने, विद्यालय भर्ना कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न अभिभावकहरुलाई अभिप्रेरित गरिनेछ । प्रत्येक गाँउपालिकाको एक प्राथमिक विद्यालयमा प्रदेश शिक्षकको व्यवस्था गरी शिक्षाको गुणस्तर र पहुँचमा अभिवृद्धि ल्याइने नीति लिएको छ।

विद्यालय छाड्ने दरलाई न्यूनीकरण गर्न अभिभावक तथा सरोकारवालाहरुसंग नियमित रुपमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने, सामाजिक रूपान्तरण तथा लैङ्गिक सशक्तीकरणका लागि मुख्यमन्त्री “बेटी पढाऔं बेटी बचाऔं” अभियान अन्तरगत्त छोरी बीमा, छात्रवृत्ति, लोक सेवा आयोग तयारी कक्षा, साइकिल वितरण लगायत छोरी माथि समाजमा रहेका विभेदको अन्तको लागि विभिन्न कार्यक्रमको निरन्तरात दिने भएको छ ।

A Levels MA
Thuprai - Books and E-books