After SEE Portal

त्रिविको विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिएको: शिक्षा मन्त्री

Bridge Course

 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले  त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको बताएकी छिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले त्रिवि सुधारका लागि पहल सुरु भएको बताएकी हुन् ।

बैठकमा समितिका सदस्यले त्रिविमा समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नभएको, अति राजनीतिकरण भएको, विभिन्न समयमा हुने परीक्षाका प्रश्नपत्र बाहिरिने समस्या देखिएको र अनियमितता हुने गरेका कारणले विश्वद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको बताए ।

सो विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरुले भातृ सङ्गठन सञ्चालन गर्दासम्म प्राज्ञिकलगायत समग्र सुधार गर्न कठिन हुने बताए । उपकुलपति डा बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उच्चशिक्षाका नाममा विदेश जाने युवा विद्यार्थीलाई रोक्ने योजना रहेको बताए ।

विद्यालय शिक्षा र उच्चशिक्षाको  साझा गन्तव्य मुलुकमा दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्ने रहेकाले त्यसअनुसार योजना बनाउन विश्वविद्यालयका नेतृत्वलाई आग्रह गरिएको मन्त्री  श्रेष्ठले बताइन् ।

 सांसदहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न छात्रावृत्तिमा नाम निकालेका आठ विद्यार्थीको सट्टा राजनीतिक पहुँचका आधारमा अन्य विद्यार्थी पढ्न पठाएको भन्दै नाम निस्किएका विद्यार्थीलाई पठाउन माग गरेका थिए ।

A Levels MA