SEE Result 2082

नक्कली प्रमाणपत्रका भरमा सात वर्षदेखि सरकारी जागिर

नक्कली प्रमाणपत्रका आधारमा नेपाल प्रहरीको जवान पदमा कार्यरत एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दर्ता गराएको छ । प्रहरी जवान प्रेम बहादुर रैकालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको सप्रमाण भेटिएकाले अख्तियारले मुद्दा दर्ता गराएको हो ।

रैकालले गणेश माध्यमिक विद्यालय, भुर्सा, कञ्चनपुरबाट कक्षा-८ पास गरेको नक्कली प्रमाणपत्र पेश गरी २०७०असोज १५ गते देखि नेपाल प्रहरीको प्रहरी जवान पदमा स्थायी नियुक्ति भई लाभसमेत लिएको पुष्टि हुन आएकोले अख्तियारले मुद्दा दर्ता गराएको हो ।

रैकाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुरजन्य कार्य देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी सहित आज मुद्दा दर्ता गरिएको अख्तियारका प्रवत्ता प्रदीप कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal