After SEE Portal

वैकल्पिक सिकाइलाई निरन्तरता दिँदै सरकार (समय तालिका सहित)

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साउन १८ गते देखि सञ्चालन हुने वैकल्पिक सिकाइ सहजीकरण कार्यतालिका सार्वजनिक गरेको छ ।

केन्द्रले वैकल्पिक शिक्षणसिकाइ कार्यलाई निरन्तरता दिने उद्देश्यले श्रव्यदृश्य तथा श्रव्य पाठ प्रसारण समय तालिका पुनः सार्वजनिक गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार सञ्चालन भइरहेको रेडियो तथा टेलिभिजनबाट प्रशारित कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।

केन्द्रद्वारा उत्पादन गरिएका कक्षा १-८ का विषयगत श्रव्यदृश्य पाठहरू नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट र कक्षा ९ र १० का विषयगत श्रव्यदृश्य पाठहरू डिस मिडिया नेटवर्क लिमिटेडको डिसहोम, एनआइटी स्ट्रिम प्रालिको एनइटी टिभी, मेघा म्याक्स टिभी प्रालिको म्याक्स टिभी, डिभिनी स्ट्रिम नेटवर्क प्रालिको मेरो टिभी, ६ सुविसु केवलनेट प्रालिको २ क्लियर टिभी लगायतका टिभीबाट निरन्तरता दिने भएको छ ।

त्यसैगरी कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू रेडियो नेपाल र गुड नेवर इन्टरनेसनल संग सहकार्य गरी सञ्चालन गर्दै आएको छ ।

उक्त, संस्थाको समन्वयमा कक्षा ६, ७ र ८ का अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयका श्रव्य पाठहरू केन्द्रले कान्तिपुर एफएमबाट प्रशारण गर्ने भएको छ ।

केन्द्रले सामुदायिक रेडियो प्रसारण संघबिचको सहकार्यमा देश भरका करिव २०१ ओटा भन्दा बढी सामुदायिक रेडियोहरू मार्फत कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू प्रसारण गरिरहेको केन्द्रका रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए ।

‘सामुायिक रेडियोबाट प्रशारण गरिएको श्रव्यपाठ ८५ प्रतिशत विद्यार्थीको पहुचमा पुग्ने हुँदा केन्द्रले सामुदायिक रेडियोबाट शिक्षण गराउन जोड दिएको हो ।’ उनले भने, ‘लामो समयदेखि प्रभावित भएको बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन शिक्षक, अभिभावक, सञ्चारकर्मी, राजनीतिज्ञ, जनप्रतिनिधि लगायत सम्पूर्णले सरकारलाई साथ दिन आवश्यक छ ।’

समय तालिका

A Levels MA
Thuprai - Books and E-books