After SEE Portal

गोकर्णेश्वर नगरपालिकाले विद्यालय स्तरीय परीक्षा पूर्व निर्धारित मितिमा नै गर्ने

Bridge Course

गोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरी परीक्षा यथावत सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको आजको निर्णयानुसार सुरक्षा र स्वास्थ्यसम्बन्धी आवश्यक, उपयुक्त एवं भरपर्दो व्यवस्था मिलाई परीक्षा सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाले परीक्षा सञ्चालन सम्बन्धमा आम सरोकारवालाहरू, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारीहरूसँगको छलफल एवं प्राप्त राय र सुझावका आधारमा परीक्षा पूर्ववत मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

संघीय सरकारको मिति वैशाख ६ गतेको प.सं.म.वै ३२१/४८९५ को पत्रको बँदा नं. २ अनुसार नै आगामी १६ देखि विद्यालय तहका कक्षा १-९ लगायत कक्षा ८ को परीक्षा कार्यक्रम जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्नु गराउन आफ्नो मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मिति वैशाख ६ गतेको प.सं.म.वै ३२१/४८९५ को पत्रानुसार विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थिति जनाइ पठनपाठन सञ्चालन गर्न भने नगरपालिकाले रोक लगाएको छ ।

A Levels MA