After SEE Portal

गोकर्णेश्वर नगरपालिकाले संस्थागत विद्यालयको श्रेणीगत शुल्क निर्धारण गर्‍यो (शुल्क, सूची र सूचकसहित)

Bridge Course

सवै तहको ‘ग’ श्रेणीको भन्दा २५ प्रतिशत बढी ‘ख’ श्रेणीको भन्दा ५० प्रतिशत बढी ‘क’ श्रेणीका विद्यालयले शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाले संस्थागत विद्यालयको शैक्षिक सत्र २०८१ को लागि विद्यालय तहको शुल्क निर्धारण गरेको छ । नगरपालिकाको निर्णयानुसार शैक्षिक सत्र २०८१ का लागि शैक्षिक सत्र २०८० कै शुल्क यथावत् रहने गरी निर्णय गरेको हो ।

नगरपालिकाले मापदण्ड निर्धारण गरी संस्थागत विद्यालयलाई क, ख र ग मा छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ ।

सवै तहको ‘ग’ श्रेणीको भन्दा २५ प्रतिशत बढी ‘ख’ श्रेणी र ५० प्रतिशत बढी ‘क’ श्रेणीका विद्यालयले शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको छ ।

क श्रेणीको नर्सरीका विद्यार्थीबाट २८५०, ख का लागि २३७५ र ग श्रेणीका लागि १९०० शुल्क निर्धारण गरेको छ ।

त्यसैगरी एलकेजी ग श्रेणीका लागि २०००, ख श्रेणीका लागि २५०० र क श्रेणीका लागि ३००० शुल्क निर्धारण गरेको छ । त्यसैगरी युकेजीका ग श्रेणीका लागि २१००, ख श्रेणीका लागि २६२५र क श्रेणीका लागि ३१५० शुल्क निर्धारण गरेको छ । त्यस्तै कक्षा एककालागि ग श्रेणीका लागि २२००, ख श्रेणीका लागि २७२५ र क श्रेणीका लागि ३३०० शुल्क निर्धारण गरेको छ ।

त्यस्तै कक्षा दुईका लागि ग श्रेणीका लागि २३००, ख श्रेणीका लागि २८७५ र क श्रेणीका लागि ३४५० शुल्क निर्धारण गरेको छ ।

कक्षा तीनका लागि लागि ग श्रेणीका लागि २४००, ख श्रेणीका लागि ३००० र क श्रेणीका लागि ३६०० शुल्क निर्धारण गरेको छ ।

कक्षा चारका लागि लागि ग श्रेणीका लागि २५००, ख श्रेणीका लागि ३१२५ र क श्रेणीका लागि ३७५० शुल्क निर्धारण गरेको छ ।यसैगरी पालिकाले कक्षा १२ सम्मको शुल्क निर्धारण गरेको छ ।

पालिकाले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ का आधारमा सूचक तयार गरी विद्यालयको भौतिक पक्ष, शैक्षिक पक्ष, व्यवस्थापकीय पक्षका विभिन्न चरणबाट अङ्कन गरी विद्यालयले प्राप्त गरेको अङ्कका आधारमा विद्यालयको वर्गीकरण शुल्क निर्धारण गरिएको नगर शिक्षा शाखा प्रमुख डण्डपाणी शर्माले बताए ।

प्रमुख शर्माका अनुसार स्थानीय संस्थागत विद्यालय सञ्चालकहरूका छातास.गठन, स्थानीय राजनीतिकर्मी लगायतका सरोकारवालको अनुगमन टोलिले पटक पटक अध्ययन मूल्याङ्कन गरेर विद्यालयको श्रेणीकरण गरिएको हुँदा कार्यान्वयनमा समस्या आएन । श्रेणीकरण गर्नेक्रममा केही समस्या देखिएको भएपनि कार्यान्वयनका चरणमा भने कुनै समस्या आएन ।

नगरपालिकाले गरेको वर्गीकरणमा तीनओटा विद्यालय क श्रेणीमा, २८ ओटा ख श्रेणीमा र ७५ओटा विद्यालय ग श्रेणीमा रहेका छन् ।

ड्याफोडिल पब्लिक स्कुल, बौद्ध इन्टरनेशनल स्कुल र चेल्सी बल्र्ड स्कुल (साविक विद्या संस्कार स्कुल) क श्रेणीका स्कुल हुन् ।

नगरपालिकामा अहिलेसम्मबढी शुल्क लियो भनेर कसेले पनि मौखिक तथा लिखित उजुरी नगरेको शाखा प्रमुख शर्माले बताए ।

विद्यालय वर्गीकरणका सूचकहरू

विद्यालयको सूची

A Levels MA