A Levels MA

थेसिस र परीक्षा छुटेका विद्यार्थीलाई छुटको अवसर दिँदै त्रिवि

त्रिभुवन विश्वविद्यालय को विभिन्न संकायबाट स्नातकोत्तर उत्तीर्ण भई शोधपत्र (थेसिस) लेख्न छुट भएका तथा तीन र चार वर्षे स्नातक तहका विद्यार्थीलाई मौका दिने भएको छ । त्रिविले स्नातकोत्तर तहका थेसिस छुटेका विद्यार्थीलाई आगामी फागुन मसान्तभित्र मौखिक परीक्षा सञ्चालन गर्ने भएको छ । २०४८ साल र त्यसपछि समय सीमा सकिएर थेसिस बुझाउनबाट बञ्चित विदार्थीलाई त्रिविले थेसिस बुझाउने मौका दिइएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जानकारी दियो ।

पनिकाका अनुसार अधिकांश विद्यार्थीले थेसिस बुझाइ सकेको र केही विद्यार्थी थेसिस लेखनको प्रक्रियामा रहेका छन् भने यो मौकामा सबै विद्यार्थीले थेसिस बुझाइ त्रिविको परीक्षामा उत्तीर्ण हुने छन् ।

पनिकाका अनुसार कलेजले फागुन मसान्तभित्र सबै विद्यार्थीको भाइवा गरेर चैत्र मसान्तभित्र विद्यार्थीको प्राप्तांक पनिकामा पठाउनका लागि सबै क्याम्पस तथा केन्द्रिय विभागमा निर्देशन दिइसकेको छ ।

यसैगरी त्रिविले ०५३ सालदेखि वार्षिक प्रणालीमा उत्रीर्ण हुन नसकेका विद्यार्थीलाई अन्तिम मौक दिने भएको छ । यसका लागि त्रिविले परीक्षा फारम खुलिसकेको छ ।

३–४ बर्षे वार्षिक प्रणालीमा दोस्रो बर्षमा अध्ययन गर्ने प्राईभेट, नियमित, आंशिक वा मौका परीक्षाका लागि पुस ०९ देखि माघ ०८ गते भित्र परीक्षा आवेदन फारम भरिसक्नु पर्ने जानकारी दियो ।

 

Thuprai - Books and E-books