गगन थापालाई कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य सञ्चालन गर्नुको आधार चाहियो

प्रतिनिधि सभाका संसद तथा शिक्षा तथा स्वास्थ्य समिति का सदस्य गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गरिएकोमा आपत्ति जनाएका छन्। थापाले कोरोना महामारीका कारण ‘कक्षा १२ को परीक्षा गरेर अन्य सञ्चालन गर्नुको आधार र तर्क के हो ?’ भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका हुन्।

कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन यसको आधार र तर्क के हो ? यस विषयमा प्रधनमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा समेत मागेका छन्। 

थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यका सम्मूर्ण मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न वा वैकल्पिक माध्यामबाट गर्न सुझाव दिएका छन्। कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो’ थापाले आफ्नो फेसबुकमा लेखेका छन्।

Degrees offered in nepal
Counseling
Bachelors Portal