After SEE Portal

शिक्षकदेखि शिक्षा शिक्षा सचिव सम्म डा. काफ्ले

Bridge Course

शिक्षा सचिवमा डा दीपक काफ्लेलाई ल्याइएको छ ।  डा. काफलेलाई बिहीबार बसेको मन्त्री परिषद्को बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याउने निर्णय गरेको हो ।

डा. काफ्ले यसअघि कोशी प्रदेशका प्रमुख सचिव थिए । उनी दशौं प्रमुख सचिवका रुपमा कोशीमा आएका थिए । उनलाई २०७९ चैत २० गते कोशी प्रदेशको मुख्य सचिव बनाइएको थियो । कोशीको प्रमुख सचिव हुनु अघि उनी  लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव थिए । उनलाई  २०७९साउन १९ गते नेपाल सरकारको सचिव पदमा पदोन्नती गरिएको थियो ।

 २०४९ भदौदेखि २०५२ माघ सम्म धनकुटा जिल्लाका ४ वटा सरकारी विद्यालयमा उनले शिक्षक पेशा अंगालेका थिए । गणित विषय शिक्षकको रुपमा उनले तीन वर्षसम्म शिक्षण पेशा अंगालेका थिए ।  २०५२ फागुन देखि २०५५ असार सम्म विद्यालय निरीक्षक (अस्थायी),  भएर ओखलढुङ्गा जिल्लामा  काम गरेका थिए ।

२०५५ साउनदेखि २०५६ असार सम्म नायव सुब्बा भएर चितवनको  अभिलेख व्यवस्थापनमा सहयोग गरेको बताउँछन् । ।

उनले २०५६ श्रावण देखि २०६३ असार सम्म शिक्षा सेवामा अधिकृत (राप तृतीय) को जिम्मेवारीमा जाजरकोट, ईलाम, धनकुटामा काम गरेका थिए ।

उनी २०६३ साउनदेखि २०६९ फागुनसम्म ६ वटा जिल्ला (भोजपुर, सुनसरी, तेह्राथुम, झापा, रामेछाप, भक्तपुर) मा जिल्ला शिक्षा अधिकारी (राप द्वितीय) पदमा काम गरेका थिए ।  उनी २०६९ चैत देखि २०७९ असारसम्म सहसचिव (रापप्रथम) को जिम्मेवारी सम्हालेका छन् ।

उनले सह क्षेत्रीय प्रशासक (पूर्वाञ्चल धनकुटा) क्षेत्रीय सुरक्षा समन्वय र विपद व्यवस्थापन सम्बन्धी कार्य गरेका थिए ।

उनले प्रमुख जिल्ला अधिकारी  (डोटी, महोत्तरी, धादिङ, दाङ र ललितपुर जिल्ला) मा भूमिका निर्वाह गरीसकेका छन् । उनी सह सचिव (प्रवक्ता), सुरक्षा समन्वय महाशाखा प्रमुख, गृह मन्त्रालयको जिम्मेवारी सम्हालीसकेका छन् । महानिर्देशक-अध्यागमन विभाग, महानिर्देशक-राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, महानिर्देशक-भूमिव्यवस्था तथा अभिलेख विभाग,  प्रदेश सचिव सामाजिक विकास मन्त्रालय, वाग्मती,  महानिर्देशक- वैदेशिक रोजगार विभागमा काम गरिसकेका छन् ।

सहसचिव, प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता र श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा काम गरिसकेका छन् ।

उनको अध्ययन

२०२९ जेठ १३ गते मूर्तिढुङ्गा, कोलचौर, धनकुटामा जन्मिएका उनले विद्यावारिधि  गरेका छन् । उनको विद्यालय शिक्षा भने सामुदायिक विद्यालयबाट नै भएको थियो । काफ्लेले कक्षा १–३ मूर्तिमहेश्वर प्रावि कोलचौर, धनकुटामा,  कक्षा ४–७  राम निमावि गणेशटार, धनकुटा,   कक्षा ८ जनता मावि जितपुर, धनकुटा र कक्षा ९–१० मादी मावि, मादी, संखुवासभाबाट गरेका हुन् । उनले आइएड, विएड (गणित, अर्थशास्त्र) मा  धनकुटा बहुमुखी क्याम्पस, धनकुटाबाट गरेका छन् भने एमएड, एमपिए (गणित, जनप्रशासन तथा व्यवस्थापन) विषयमा त्रिभुवन विश्वविद्यालयबाट,  एक वर्षे विएड (शैक्षिक प्रशासन तथा व्यवस्थापन) मा  पूर्वाञ्चल विश्वविद्यालयबाट र  विद्यावारिधि (पिएचडि गणितशास्त्र) मा  नेपाल संस्कृत विश्वविद्यालयबाट गरेका छन् ।

A Levels MA